बुधवार ३१ आश्विन, २०७५ (Wednesday, 17th October 2018)
३१ आश्विन, २०७५ (17 October 2018)

बुद्धले १५ असारबाट सातामा दुई उडान भर्ने

5 months ago
29/05/2018

काठमाडौं / रास– निजी विमानसेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको धार्मिक नगरी वाराणसीमा आगामी १५ असारदेखि साताको दुई उडान भर्ने भएको छ । राजधानीमा पत्रकार सम्मेलन गरी बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले सो जानकारी गराएका हुन् । उनले दुई पौराणिक नगरी काठमाडांै र वाराणसीलाई नेपालको बुद्ध एयरले मात्रै हवाई उडानबाट जोडेको बताए ।

यसअघि बुद्धले वाराणसीमा महिनामा दुई उडान भर्ने गरेको थियो । सो कम्पनीले उडानसँगै नेपाली तथा भारतीय यात्रु र तिर्थालुहरूलाई भारी छुटमा पर्यटकीय तथा धार्मिक यात्रा प्याकेज पनि उपलब्ध गराउने बताएको छ । उनले नेपालगन्ज तथा भारतको नयाँ दिल्ली उडानबारे पनि जानकारी गराएका थिए । उनले यसका लागि कम्पनीले यसै साताभित्रै मन्त्रालय तथा विभागमा निवेदन बुझाउने बताए ।