सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

सोमतीर्थ र सुपा देउराली–२७

1 year ago
02/06/2018

सोमतीर्थ र सुपा देउराली–२७


प्रा. डा. विष्णुराज आत्रेय

मगंलं भगवान् विष्णुः मंगलं गरुडध्वजः ।
मगंलं पुण्डरीकाक्षः मंगलायतनम् हरिः ।।

मंगल उच्चारणसँगै कुम्ली बोकेर बुध अघि अघि लागे । इला उनका पछि पछि । दुवै जना गुफाबाट बाहिर निस्के । कतै कुनै एउटा सुरम्य ठाउँ खोज्दै तिनीहरू बाटो लागे । अलिक परगएर दुवै जनाले एक छिन चौतारीको स्याहालमा विश्राम गरे ।
‘अब कता जाने भन ?’ सोधे इलासँग बुधले ।
‘अँ, साँच्ची † तपार्इंले उहिले एकपल्ट मलाई पुरु पर्वत घुमाउन लानुभएको थियो नि ? कति राम्रो थियो त्यो ठाउँ † त्यतै जाऔं न ? मैले त कहिले पनि बिर्सिन्न त्यहाँको रमाइलो,’ इलाले भनिन् ।

‘एकातिर पुरुनगा नदीको प्रवाह । अर्कोतिर माथि भिरालो पहराबाट छहराका रूपमा ओर्लिंदै कलकल–कलकल गर्दै छलछल छलछल बगेकी पुण्यसलिला पुरुसलिला (छल्ली) को जल । त्यसकै सेरोफेरोमा सिरानको मानव वस्ती शीर्षण्य । त्यहाँ माथिको पुरुपर्वत, पुरुकूट, पुरुकोट पुरुनगा राजहाँसका जोडी खेल्ने पुरुकूट–ह्रद, पुरुकूट–गुफा † मलाई त त्यसै पुरुपर्वतको रमणीय गुफामा प्रसूतिका भएर पौरुषवान् पुत्र जन्माउने इच्छा छ,’ अत्यन्त उत्सुकता देखाउँदै इलाले भनिन् ।
‘भोलि छोराकी आमा हुने गर्भिणी पत्नीले चाहे–मागेका सबै कुरा उसका पतिले पूर्ति गर्नुपर्छ भन्छन् । तिम्रो यति इच्छा पनि किन पूरा न गर्नू त † पुरु पर्वतमै गएर प्रसूता हुने तिम्रो चाहना पूरा होस् †’ ठट््यौलो पारामा बुधले भने ।

बुध र इला त्यस पर्वतको फेदी हुँदै बग्दै आइरहेकी पुरुनगा नदीका गढतिरै गढतिर लागे । धेरै पर पुगेपछि शीर्षण्यग्राम लाग्न नदी तर्नुपर्ने भयो । सुत्केरीको गरुंगो जीउ । आफ्नै शरीरको सन्तुलन राख्न गाह्रो छ । त्यसमाथि लभर लभर सारी । कसरी पुग्ने पारि † देख्दा सानै देखिए पनि वेग दह्रो हुन्छ, पहाडी नदीको ।
‘अब कसरी तर्ने यो नदी ?’ इलाले भनिन् ।‘कसरी तर्ने नि † अकिल लाउनुपर्छ । बुद्धि चाहिन्छ । सकिहाल्छ नि †’ बुधले भने ।
‘कस्तो अकिल लगाउने ?’ उनले सोधिन् ।‘ल, तिमी बुइँ आऊ मेरा पिठ्युँमा । म बोकेर तारिदिन्छु,’ बुधले भने ।
‘होइन के भन्या होला † यति ठूलो पेट छ । त्यसैमाथि पेटमा बच्चा छ । पिठ्युँमा बोक्दा मेरो पेट फुट्दैन ?’ इलाले आफ्नो भकारे पेट देखाउँदै भनिन् ।‘हो त नि हगि † मेरो सुद्धि पनि,’ बुधले भने ।

‘प्रतिदिन वैदिक स्वाध्याय गर्ने, आमाको गर्भैदेखि विद्यापारंगत सोमको छोरा बुध भएर पनि कस्तो त † सांगोपांग वेद–वेदांगमा पारंगत व्यक्तिमा त मन्त्रशक्तिको प्रयो गर्ने सीप पनि हुनुपर्ने ? विद्या र धन सँगालेर थुपारेर मात्र हुँदैन । त्यसको उपयोग पनि हुनुपर्छ । नत्र उपयोगमा नआउने धन र विद्याको के काम †’ इलाले भनिन् ।
‘होइन, के भन्न खोज्यौ तिमीेले ?’ बुधले
प्रश्न गरे ।
‘मैले के भन्न खोजें भने सिद्ध मन्त्रको प्रयोग गरेर यस पुरुनगाकोे जललाई एक छिन पतालिने अन्तर्जला गराउन मिल्दैन † सरस्वती नदी जस्तै । म पनि हेरूँ न त आफ्ना पतिले आर्जन गरेका मन्त्रशक्तिको प्रभाव †’ इलाले भनिन् ।
‘तिमीले ठीक भन्यौ इला † तर वर्षौं वर्ष लगाएर साधनाद्वारा अर्जित शक्तिको ससाना कुरामा प्रयोग हुनु त्यसको दुरुपयोग हो । ठूलो लक्ष्यसिद्धि अथवा लोक एवं समाजको उपकार र कल्याणका लागि हुनुपर्छ,
यसको प्रयोग ।’
‘एउटा गेडा जिराका लागि अमूल्य हीरा फोर्नुहुँदैन । हीरा त मात्र फोर्नुपर्छ, ठूलो उद्देश्य प्राप्तिका लागि । मौकामा चौका हान्न मात्र फोर्नुपर्छ हीरा । नत्र भइन्छ कीरा,’ थपे बुधले ।
‘क्षमा रहोस् स्वामी † मैले यो कुरा बुझेकी थिइन् ।’
‘तिमीले भनिहाल्यौ । ल, एकपल्टका लागि मैले बहिःसलिला पुरुपन्नगालाई अन्तः सलिला बनाइदिन्छु ।’
‘बुधले मन्त्र पढे । पुरुपन्नगाको पानी पातलिँदै पातलिँदै पातालतिर पतालियो । बगरजस्तै भइन् नदी । क्षुद्रजला भइन् सुजला । अनि बुधले नदीका ढुंगाबाट तर्किंदै तर्काउँदै इलाको हात समाएर उनलाई पारि लगे ।
‘देख्यौ त मेरो मन्त्रशक्ति †’ पारि पुगेपछि बुधले हास्दै भने !

‘देखें ख्वामित् † देखें । मैले † माने हजुरलाई † मैले पनि जस्तातस्तालाई पतिवरण गरेकी छु र † विद्वान् सोमपुत्र बुधकी पत्नी हुन पाएकी छु म । के कम छु र म पनि †’ स्वाभिमानसाथ इलाले भनिन् ।नदी तरेर पारि गएपछि केही तेर्पाएँ केही उकालो हिँड्दै थकाइ मार्दै पहाडको शीर्ष भागमा पुगे, बुधदम्पती । त्यहाँ एउटा वरपीपलको चौतारो पनि थियो ।
‘एकछिन यहाँ बसौं है ?’ असिनपसिन भएकी इलाले स्याँस्याँ गर्दै भनिन् ।‘हुन्छ बसौं न त एकछिन । साह्रै थाकें म पनि †’ दुवै जना एउटा चौतारामा बसे ।त्यस ठाउँमा मानिसहरूको बस्ती थियो । शिरमा फेटा बाँधेका केही मानिस ओहोरदोहोर गरेको पनि देखियो । हेर्दा सौम्य शिष्टजस्ता देखिने एउटा मानिस भेट भए त्यहीं ।‘यो ठाउँको यस बस्तीको नाउँ के होला ?’ सोधिन् विनम्र भएर इलाले ।
‘शीर्षण्यश्रसिर्सेनी । यो पुरुपर्वतको एउटा प्रसिद्ध भाग हो । वेद र शास्त्रपढेका शिष्ट, आर्य, विद्वान् द्विजवर्य र मल्लयुद्धमा पराक्रम देखाउने क्षत्रिय एवं वैश्य अर्य एवं आर्य ब्राह्मणहरूको ठूलोे बस्ती भएको यो क्षेत्र देवभूमि नै हो यतातिरकोे, स्वर्गभूमि नै हो, अमरभूमि ।’

यहाँका आचारनिष्ठ वेद–वेदांगविद् आर्य ब्राह्मणहरू विश्वेदेव ब्राह्मणका रूपमा पनि सर्वत्र पूजित हुन्छन् । यहाँका धेरै जसो विद्वान् पण्डित र मल्लविजयीहरूले ती राजा–रजौटा र सामन्तहरूबाट सम्मानचिह्नका रूपमा शीर्षण्यपट्ट अर्थात् फेटा पाएका हुन्छन् र तिनै फेटा शिरमा गुथेर हिँड्छन् । यसलाई यहाँ अत्यन्त गौरवको विषय मानिन्छ । शिरमा शीर्षण्य गुत्नेहरूको बस्ती भएकाले यस ग्रामक्षेत्रलाई नै जन–जिब्रोमा शीर्षण्यश्रसिर्सेनी भनिन्छ । यहाँका शीर्षण्य ब्राह्मणवर्गले जे कुरा बोल्दछन् र जे जस्ता आचरण गर्छन् । लोकले पनि त्यसैको अनुकरण अनुसरण गर्दछ— यद् यद् शीर्षण्याचरितम्, तत्तदनुवत्र्तते लोकः ।
‘यहाँ वरिपरि देखिने पाश्र्ववत्र्ती डाडाँ–पखेराहरू सबै पुरुपर्वतकै अन्तर्गत छन् । यस्तो ठाउँ यस भेकमा अन्त कतै छैन ।’ आफ्ना थात–थलाको स्वाभिमानसाथ परिचय दिए यसरी ती व्यक्तिले ।

होइन के भन्या होला, यति ठूलो पेट छ । त्यसैमाथि पेटमा बच्चा छ । पिठ्युँमा बोक्दा मेरो पेट फुट्दैन

‘यसको पुरुपर्वत नाउँ कसरी रह्यो होला ? अब हाम्रो यो जिज्ञासा पनि शान्त गरिदिनुहुन्छ कि † हामीलाई त तपाईंका अमृतमय वाणी एकछिन पनि नबिसाई सुनूँ सुनूँ लाग्यो,’ इलाको यस्तो अनुरोध सुनेपछि ती द्विजवर्यले फेरि भन्न थाले ‘विधाता ब्रह्माजीले बनाएको विधिअनुसार यस जगत्मा चार थरी युग हुन्छन्— सत्य, त्रेता, द्वापर र कलि । यस्ता ७१ वटा दिव्य युगहरूको एउटा मन्वन्तर हुने गर्दछ । यस्ता मन्वन्तरहरूको संख्या १४ वटा छ । यो मन्वन्तर यसका आदि राजा मनुका अधीनमा हुन्छ । मनुको यसै कालावधिलाई नै मन्वन्तर भनिएको हो ।’

माथिका चौध मन्वन्तरमध्ये छैठौं मन्वन्तरको नाउँ चाक्षुष मन्वन्तर हो । यसका आदि राजा चाक्षुष मनु हुन् । इनको जन्म सृष्टि विस्तारक ब्रह्माका चक्षु अर्थात् आँखाबाट भएको हो । चाक्षुष मनुले यसै पर्वत शिखरमा सन्तान प्राप्तिका लागि समाधि कसेका थिए । तपस्यापश्चात् यिनका ऊरु, पुरु र शतद्युम्नलगायत छोराहरू जन्मे ।
तीमध्ये माहिला छोरा पुरु यसै क्षेत्रका राजा भए । पुरुको राजधानी यसै पर्वतमा थियो । पुरुको राजधानी भएको यो प्रसिद्ध पर्वतको नाउँ त्यसै बेलादेखि पुरुपर्वतका नाउँले सर्वत्र विख्यात भयो । यिनले आफ्नो निवासवरिपरि एउटा कोट÷दुर्गको निर्माण गरेका थिए । त्यसै भएर यसको नाउँ पुरुकोट भएको हो । पछि पछि त राज्य नै पुरुकोट नाउँले प्रसिद्ध भयो । यति मात्र होइन, यहाँका ह्रद, पर्वत, गुफा, नदी सबै पुरुनाउँसँग सम्बद्ध भएर व्यवहृत हुन थाले ।
‘अनि † अनि द्विजवर्य † अनि के भयो ?’ बडो उत्सुकतासाथ जिज्ञासा गरिन् इलाले ।

तिनताका राजा पुरुका राज्यमा आठ गणराज्य थिए । तीमध्ये एउटा गणराज्य आर्य थियो । आर्यगणको बसाइ यस पर्वतदेखि उत्तर पूर्वको पर्वत इस्मा परिक्षेत्रमा भयो । पछिल्ला समयमा इस्मा राज्यको राजधानी आर्यग्राम÷ अर्जी थियो र इस्माको प्रवेशद्वार देहली । यसलाई अहिले दोहली भनिन्छ । कालान्तरमा आर्यग्रामबाट स्थानान्तरित भएर केही आर्य शीर्षण्य परिक्षेत्रमा आएर बस्न थाले । आर्यग्राम अभिजन भएका तिनै आर्य बस्ने ठाउँको नाउँ आर्यालयीय हुन गयो । त्यसैको विकसित रूप हो, आजको रयाले ।

(Visited 15 times, 1 visits today)
Loading comments...