मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

सशस्त्रको नेतृत्वपंक्तिलाई गाली गर्ने चार इन्सपेक्टरलाई नसियत

3 years ago
01/10/2016

राजधानी समाचारदाता
काठमाडौं, १५ असोज

सशस्त्र प्रहरी बल मुख्यालयले सरुवाप्रति असहमति राखी समाजिक सञ्जालमा नेतृत्वलाई गालीगलौज गर्ने चार जना इन्सपेक्टरलाई रेकर्डमा जनिने गरी नसियत दिएको छ ।

durja-kumar-rai

डीएसपी र इन्सपेक्टर गरी १९ जना प्रहरी अधिकृतहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको कानुन शाखाले चार जना सशस्त्र प्रहरी निरीक्षकलाई रेकर्डमा जनिने गरी नसियत दिएको हो । अन्यलाई भने मौखिक चेतावनी मात्रै दिएर उन्मुक्ति दिइएको छ । रेकर्डमा जनिने गरी नसियत पाउने इन्सपेक्टरहरुमा विश्वराज योञ्जन, लाप्साङ तामाङ, सन्तोष उपाध्याय र नवीन अधिकारी रहेका छन् ।

केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा असन्तुष्टि जनाएके भन्दै ८ डीएसपी र ११ इन्स्पेक्टरसँग २४ घण्टे लिखित स्पष्टीकरण मगिएको थियो । आफू निकटलाई राम्रो स्थानमा सरुवा गरेको, राजनीतिक पहुँच र प्रभाव भएकालाई प्राथमिकता दिएको भन्दै फेसबुकमा प्रतिक्रिया जनाएपछि उनीहरूलाई स्पष्टीकरण सोधिएको हो ।

(Visited 3 times, 1 visits today)
Loading comments...