सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

एपीएफलाई राष्ट्रिय महिला क्रिकेटको उपाधि

3 years ago
27/07/2016

राजधानी समाचारदाता
काठमाडौं, ११ साउन

गत शनिबारबाट सुरु भएको महिला राष्ट्रिय क्रिकेटको उपाधि विभागीय टिम एपीएफले जितेको छ । मंगलबार भएको फाइनलमा एपीएफले पूर्वाञ्चललाई पराजित गर्दै उपाधि जितेको हो ।

Winner-Team-APFकीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पूर्वाञ्चललाई १० रनले पराजित गर्दै एपीएफले उपाधि जित्यो । वर्षाका कारण मैदान राम्रो नभएपछि १० ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङ गरेको एपीएफले ६५ रन बनाएको थियो ।

६६ रनको विजयी लक्ष्य पछ्याएको पूर्वाञ्चलले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ५४ रन मात्र बनाउन सक्यो । उसका लागि रुबिना क्षत्रीले अविजित १६ रन बनाइन् भने रश्मि शर्माले १२ रन जोड्नुबाहेक अन्यको प्रदर्शन गतिलो रहेन । एपीएफका करुणा भण्डारी र सरिता मगरले १–१ विकेट लिए भने उसका अधिकांश खेलाडी रनआउटको सिकार भएका थिए ।

यसअघि पहिलो ब्याटिङ गरेको एपीएफले १ विकेट गुमाएर ६४ रनको योगफल तयार गरेको थियो । एपीएफका लागि सीता राना मगर र सरिता मगरले सम्हालिएको पारी खेले । सीता २९ र सरिता २२ रनमा अविजित फर्किएका थिए । उसका लागि थप रनका रूपमा ज्योति पाण्डेको ८ रन रह्यो ।

उपाधि जितेको एपीएफले ट्रफीसँगै नगद १ लाख हात पारेको छ । उपविजेता पूर्वाञ्चलले ५० हजार रुपैयाँमा हात पार्यो । प्रतियोगितामा प्लेयर अफ डी टुर्नामेन्टलाई १० हजार नगद दिएको थियो भने उत्कृष्ट फिल्डर, ब्याट्सम्यान र बलरलाई नगद ५÷५ हजार दिएको थियो ।

इंग्ल्यान्डमा अर्को वर्ष हुने आईसीसी महिला विश्वकप क्रिकेटको छनोटका लागि खेलाडी चयन गर्न राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले दुई वर्षपछि राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता गरेको थियो । आईसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले हङकङ, चीन र थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल सम्मिलित एसियाली छनोटको आयोजना हङकङमा आगामी अक्टोबरमा हुनेछ । एसियाली छनोटमा आयोजक हङकङसँगै नेपाल, चीन र थाइल्यान्डले राउन्ड रोबिनका आधारमा खेल्नेछन् । आईसीसीले छनोट खेल अक्टोबर ९ देखि १५ मा गर्ने जनाएको छ ।
यस प्रतियोगिताबाट २४ उत्कृष्ट खेलाडी छनोट गरी साउनको अन्तिमबाट बन्द प्रशिक्षण सुरु गरिनेछ । खेलाडी छनोट नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा, श्यामसन जंग थापा, सुदीप पौडेल, अरुण अर्याल र विनायक पोखरेल रहेका छन् । त्यसपछि विश्वकप छनोटका लागि अन्तिम टोलीका रूपमा रहने १४ सदस्यीय टोली भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीका प्रतिनिधिसहितको छनोट समितिले छनोट गर्नेछ ।

विजेता– एपीएफ
उपविजेता– पूर्वाञ्चल
प्लेयर अफ द टुर्नामेन्ट– सरिता मगर (एपीएफ)
उत्कृष्ट ब्याट्सउमन– लक्ष्मी चौधरी (मध्यपश्चिमाञ्चल)
उत्कृष्ट बलर– सन्तोषी चौधरी (पूर्वाञ्चल)
उत्कृष्ट फिल्डर– सवनम राई (पूर्वाञ्चल)

(Visited 9 times, 1 visits today)
Loading comments...