सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

महिला संघका पदाधिकारीलाई आईजीपी खनालको सुझाव, बाटो बिराउन सक्छन्, घरभित्रैबाट ‘करेक्सन’ गर्नूस्

10 months ago
02/07/2018

राजधानी समाचारदाता /काठमाडौं।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले सशस्त्र प्रहरी कर्मचारीले बाटो बिराउन खोजेमा संघका पदाधिकारीले घर भित्रैबाट ‘करेक्सन’ गर्नुपर्नेमा जोड दिएका छन् । भ्रष्टाचारमा शून्य शहनसिलता संगठनको नीति नै रहेको उल्लेख गर्दै आईजीपी खनालले संगठनको यो लक्ष्य पूरा गर्न पनि यो कार्य जरुरी भएको बताए ।

सशस्त्र परिवार महिला संघले १७औं वार्षिकोत्सवको उद्घाटनपछि आफ्नो मन्तव्य राख्दै आईजीपी खनालले भने, ‘सशस्त्र प्रहरी कर्मचारीलाई घरबाटै ‘नन् करप्टेड’ हुन सल्लाह सुझाव भएमा मुलुकका लागि योगदान नै पुग्छ ।’
आईजीपी खनालले राष्ट्र र जनताको सेवा र सुरक्षाका लागि सबै तहका सशस्त्र प्रहरी कर्मचारीहरुले सानो ठूलो नभनी पदीय जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै सो संघमा आवद्ध पदाधिकारी लगायत सदस्यहरुले समेत सानो ठूलो नभनी योगदान पु¥याईरहनु पर्ने चर्चा गरे । सो संघले समाज सेवाको क्षेत्रमा आफ्नो क्षमताले भ्याएसम्मको योगदान गरिरहेको स्मरण गर्दै उनले सेवाको क्षेत्रमा आईजिपीको श्रीमती देखि जवानको श्रीमतीसम्म सबैको योगदान समान रहने चर्चा गरे ।

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल संघको विकास विस्तारमा अतुलनीय योगदान पु¥याएको भन्दै संघकी पूर्व अध्यक्ष कल्पना थापालाई दोसल्ला ओढाइ सम्मान गर्दै । संघको १७ औं वार्षिकोत्सवका अवसरमा पूर्वअध्यक्षहरु शान्ति वली, रत्ना बस्नेत, दिपा लामा र डा. अनारकली (पिया) श्रेष्ठको अतुलनीय योगदानको कदर गर्दै ताम्रपत्रमा प्रशंसा पत्रसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो संघले गर्ने हरेक रचनात्मक कार्यमा सशस्त्र प्रहरी बल सधै साथीको रुपमा रहिरहने उल्लेख गर्दै राष्ट्रले चाहेको जस्तो सशस्त्र प्रहरी बल बनाउन संगठन संगै संघ परिवारको पनि भूमिका महत्वपूर्ण हुनेमा जोड दिए ।
खनालले विभिन्न निकायमा रहेर समाज सेवाको क्षेत्रमा योगदान पु¥याएका तथा संघको विविध कृयाकलापमा सहयोग पु¥याउने महानुभावलाई प्रशंसापत्र प्रदान गरेका थिए । उनले देशको विभिन्न भागमा रहेका सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईमा रहेर उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेका थिए । सशस्त्र प्रहरी महानिरीक्षक खनालले माध्यमिक शिक्षा परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल फरक शारिरीक क्षमता भएका छात्राहरुलाई जनही १२ हजार रुपैयाँ राशीको छात्रवृत्तिसहित स्कूल व्याग तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले नेपाल एपीएफ स्कूलका विभिन्न विद्यामा उत्कृष्ट ठहरिएका विद्यार्थी तथा वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका जेहेन्दार सन्ततिलाई छात्रवृत्ति स्वरुप जनही नगद १२ हजार रुपैयाँ तथा स्कूल व्याग र प्रमाणपत्र प्रदान गरिन् ।

(Visited 15 times, 1 visits today)
Loading comments...