मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

सशस्त्र प्रहरीमा एसपी र डिएसपीको सरुवा

1 year ago
07/07/2018

काठमाडौं÷रास– सशस्त्र प्रहरी बलले २८ सशस्त्र प्रहरी उपरीक्षक र ८२ सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको सरुवा गरेको छ ।  प्रशासनिक दृष्टिकोण तथा आवश्यकता अनुसार सशस्त्र प्रहरी सेवा साधारण समुह तथा उपसमुहका सशस्त्र प्रहरी उपरीक्षक तथा नायब उपरीक्षकहरुको सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ । सरुवा गरिएका कार्यालयहरुबाटै साउन महिनाको तलब, भत्ता र रासन पाउने गरी सरुवा गरिएको हो ।
कमाण्ड पछि पूनः कमाण्ड पााउनेहरु सशस्त्र प्रहरी उपरीक्षकहरुमा भीमबहादुर थापा, पद्मसिंह ऐर, दमन थापा, कुमार न्यौपाने, फणिन्द्रराज पौडेल, मुरारी बस्नेत, प्रदिपकुमार पाल, लक्ष्मणबहादुर सिंह र जयबहादुर खड्का रहेका छन् । त्यसैगरी राजु महर्जन, सन्देशकुमार गुरुङ र श्याम कोईरालाले क्रमशः राजश्व भन्सार तथा औद्योगिक सुरक्षा गण, गण हेडक्वाटर ईटहरी, नेपालगञ्ज र काठमाडौंमा कमाण्ड पाएका छन् ।

(Visited 17 times, 1 visits today)
Loading comments...