बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

डुबान क्षेत्रबाट पाँच टन फोहोर संकलन

1 year ago

रासस/भक्तपुर।

भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २०आंै साता मध्यपुर थिमिको डुबान क्षेत्रबाट पाँच टन फोहोर संकलन गरिएको छ । आज हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले दुई दिनसम्म आएको बाढीबाट डुबानमा परेको मध्यपुर थिमिको राधेराधे क्षेत्रको बस्तीको सरसफाइ गरेको छ । बस्ती डुबानमा पर्दा बगेर आएर थुप्रिएको फोहोर संकलन गर्नुका साथै डुबानमा परेका बस्तीका बासिन्दाको घरभित्र थुप्रिएको फोहोर संकलन गर्ने र सफाइ गर्ने काम भएको प्रतिनिधिसभा सदस्य महेश बस्नेतले जानकारी दिए ।

सफाइ अभियानमा खानेपानी तथा ढल निकास विभागअन्तर्गत क्षेत्रीय अनुगमन तथा सुरिवेक्षण कार्यालयका क्षेत्रीय निर्देशक नन्दलाल बन्जाडे, भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मीलगायत जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि एवं अभियन्ता गरी करिब ५ सयको सहभागिता रहेको थियो ।

डुबानको समस्यामा परेका यहाँका बासिन्दाको सामान सार्न, सफाइ गर्न अभियन्ता टोलीले सहयोग गरेको थियो । अर्को साता पनि यही ठाउँमा थप सफाइ गर्ने भएको छ ।

(Visited 9 times, 1 visits today)
Loading comments...