मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

तुलसीपुरका दुई ठूला प्रहरी कार्यालय खारेज

1 year ago
17/07/2018

ओपेन्द्र बस्नेत /तुलसीपुर।

  दाङको तुलसीपुरमा रहेका दुई वटा ठूला प्रहरी कार्यालयहरु खारेजीमा परेका छन् । मुलूक संघिय संरचनामा गएपछि गरिएको प्रहरीको सांगठनिक पुर्नरसंरचना अनुसार अञ्चल सशस्त्र प्रहरी गुल्म राप्ती र साविकको अंचल प्रहरी कार्यालय राप्ती हाल संघिय प्रहरी ईकाई कार्यालय तुलसीपुर, खारेजीमा परेका हुन् । खारेजी भएसंगै सशस्त्र प्रहरी गुल्म राप्ती र संघिय प्रहरी ईकाई कार्यालय तुलसीपुरमा रहेको एक सय ८४ जनशक्ति शसस्त्र प्रहरी गण कोहलपुर बाँकेमामा संमायोजन भएको प्रदेश प्रहरी कार्यालय प्रदेश नं. ५ ले जनाएको छ । प्रदेश कार्यालयका अनुसार प्रहरी बरिष्ठ उपरिक्षकको नेतृत्वमा संघिय प्रहरी ईकाइमा ६० जना र गुल्ममा प्रहरी निरीक्षको नेतृत्वमा एक सय २५ जनाको टोली थियो । एक सय ८५ जना मध्य प्रहरी बरिष्ठ उपरिक्षक दिलिप कुमार चौंधरी प्रदेश प्रहरीमा गएपछि प्रहरी नायब उपरिक्षकको नेतृत्वमा शसस्त्र प्रहरी गणमा एक सय ८४ जनाको टोली संमायोजन भएको हो ।

खाली रहेका भवनमा आवश्यकता अनुसार संघिय प्रहरी प्रधान कार्यालयले तोके बमोजिम कार्यालयहरु रहने छन् ।  तुलसीपुरमा रहेको संघिय प्रहरी ईकाई कार्यालय अब रुपन्देहीमा रहने छ  ।

प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा, संघिय प्रहरी इकाई कार्यालय धौलागिरी, संघिय प्रहरी इकाई कार्यालय मेची, महानगरीय ट्राफिक महाशाखा, संघिय प्रहरी इकाई कार्यालय राप्ती । प्रहरी प्रधान कार्यालयबाट दरबन्दि मिलान गरिएको प्रदेश कार्यालयका प्रवक्ता पुष्पराज मल्लले जानकारी दिए । उनका अनुसार, तुलसीपुर स्थित प्रदेश प्रहरी कार्यालयमा अब देखि प्रहरी नायब महानिरक्षक एक, प्रहरी बरिठ उपरिक्षक एक, प्रहरी उपरिक्षक एक, प्रहरी नायब उपरिक्षक ४ , प्रहरी निरीक्षक १०, प्रहरी नायब निरिक्षक २६, प्रहरी साहयक निरिक्षक ३०, प्रहरी हवलदार ४०, प्रहरी जवान एक सय १७, प्रहरी कार्यालय सहयोगी ६ सहित २ सय ३६ जनाको दरबन्दि कायम गरिएको छ ।

प्रदेश ५ मा नयाँ निकासा हुने कार्यालयमा नेपालगञ्जमा विपत व्यवस्थापन कार्यालय, तथा रुपन्देही र पाल्पामा ख श्रेणीका इलाका प्रहरी कार्यालय रहनेछन् ।

२७ जेठ २०७५ मा बसेको  मन्त्रीपरिषदो बैठकले नेपाल प्रहरीको विद्यमान संगठन संरचनालाई प्रादेशिक ढाँचामा रुपान्तरण गर्ने निर्णय गरेको थियो । जस अनुसार साविका ठाउँमा रहेका संघिय प्रहरी ईकाई कार्यालयहरुलाई खारेज गरि मेचीमा रहेकोलाई धरान, सगरमाथामा रहेकालाई जनकपुर, नारायणीको काभ्रे, धौलागिरीको पोखरा, राप्ती तुलसीपुरको रुपन्देही, कर्णालीको नेपालगंग(पछि सुर्खेत) र महाकालीको धनगढीमा  राखीने भएको छ ।

(Visited 26 times, 1 visits today)
Loading comments...