बुधवार ४ पौष, २०७५ (Wednesday, 19th December 2018)
४ पौष, २०७५ (19 December 2018)

संसद स्थगित, केसी समर्थक छाता ओडेर सडकमा (फोटोसहित)

5 months ago
19/07/2018

द्धारिका काफ्ले,काठमाडाै ।

२० दिनदेखि जुम्लामा अनसनरत चिकित्सक गोबिन्द केसीका माग पुरा नगरेको भन्दै प्रमुख प्रतिपक्षी दलले संसद अवरोध गर्नेचेतावनी दिएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

वैठक स्थगित गरेर आन्दोलनमा उत्रिएको कांग्रेस र डा केसीका समर्थकले आज वानेश्वरबाट माइतीघरसम्म बिरोध प्रर्दशन गरेका छन् ।
छाता ओडेर निश्किएका समर्थकले केसीका माग पुरा गर्न भन्दै सरकारबिरुद्ध चर्को नारावाजी गरेकाछन् ।

यसैवी, जुम्लामा अनसनरत चिकित्सक डा गोबिन्द केसीलाइ सरकारी हेलिकोप्टरमार्फत काठमाडौ जान सुरक्षाकर्मीले १० मिनेटको अल्टिमेटम दिएका छन् ।

केसी समर्थक र प्रहरीवीच भीडन्त भएपछि केसी काठमाडौ जान राजी भएका छने । तर उनले सरकारी हेलिकोप्टर नचड्ने अडान लिए । आफ्नै तरिकाले काठमाडौ जाने अडान लिएपछि प्रहरीले उनलाइ १० मिनेटभित्र तयार नभए जर्वजस्ती उठाउने भनेको हो ।

काठमाडौ बाट हेलिकोप्टर आएपछि कर्णली स्वास्थ्य बज्ञिान प्रतिष्ठान समर्थन र प्रहरी भियन्तले रणमैदान जस्तो बनेको छ । १० भन्दा वढी चिकित्सक घाइते छन भनेएक प्रहरीलाइ रवरको गोली लागेको छ । आन्दोलनकारीले प्रहरीबाटै गोली लागेको दावी गरेको छ ।

(Visited 3 times, 1 visits today)