सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

तातोपानी निल्ने चिन्ता

9 months ago
28/07/2018

तातोपानी निल्ने चिन्ता

जनक श्रेष्ठ

मस्र्याङ्दी छेउमै छ, तातोपानी कुण्ड । नदीको बहाव बढे कुण्ड नै बगाउने खतरा पनि बढेको छ । बलियो पर्खाल नभए ऐतिहासिक कुण्ड गुम्नेमा चिन्तित छन्, स्थानीय आशिष घिमिरे । पर्यटक लोभ्याउन गत वर्ष कुण्डमा पर्खालसमेत लगाइयो ।
चामेस्थित तातोपानी कुण्डमा जाने बाटो सिँढी, नुहाउन दुई पोखरी, कपडा फेर्ने कोठा र सुरक्षा पर्खाललगायतका संरचना निर्माण गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घले बताउ“छन् । आर्थिक वर्ष २०७४÷७५ मा २३ लाख रुपैयाँ विनियोजन गरियो । ८ लाख पर्खाल जाली र १५ लाख अन्य
संरचनामा खर्चियो ।


वर्षाले मस्र्याङ्दीमा केही दिनदेखि निरन्तर पानीको बहाव बढेपछि भने कुण्डको सुरक्षा पर्खाल बगाउन थालेको छ । मनाङ शिरबाट बग्ने मस्र्याङ्दी नदी आडैको कुण्डलाई बाढीको खतरा छ ।
नदीको बहावले केही ग्याबिन पर्खाल पल्टाएको र केहीलाई निरन्तर पल्टाउन थालेको छ । गाउँपालिकाका अनुसार अझै केही दिन पानीको बहाव बढे थप क्षति पु¥याउने देखिन्छ ।
७ मिटर लम्बाइ र साढे ३ मिटर चौडाइका दुईवटा तातोपानी कुण्ड निर्माण गरिएको कुण्ड उपभोक्ता समिति सचिव रमेश लामाले जानकारी दिए । उनका अनुसार प्राकृतिक रूपमा वर्षौंदेखि रहेको पोखरीमा विगतमा विभिन्न संरचना निर्माण गरियो । तर, ती पनि जीर्ण भए ।
तातोपानी कुण्डमा छाला तथा नसासम्बन्धी रोग निको हुने विश्वाससाथ स्वदेशी तथा विदेशी पर्यटक नुहाउन आउने गरेका छन् । बाथ, छाला चिलाउने, लुतो, दाद, ढाड तथा शरीर दुख्ने, नसाका कारण हातगोडा नचल्ने, पोल्ने, झमझमाउने, दुख्ने र ग्यास्ट्रिकलगायतका समस्या यहा“ नुहाएपछि निको हुने जनविश्वास छ । ल

(Visited 15 times, 1 visits today)
Loading comments...