सोमवार ५ कार्तिक, २०७५ (Monday, 22nd October 2018)
५ कार्तिक, २०७५ (22 October 2018)

६ वटा लायन्स क्लवको सक्रियतामा वृक्षारोपण

3 months ago
30/07/2018

राजधानी समाचारदाता, ललितपुर ।
उपत्यकाका ६ वटा लाइन्स क्लवको सक्रियता र सहभागितामा ललितपुर हात्तिबनस्थित किराँत धार्मिक वनमा सोमवार वृक्षारोपण गरिएको छ ।

जुलाइ महिनालाइ वृक्षारोपण महिनाको रुपमा घोषणा गरेको लायन्स क्लवले ललितपुर र काठमाडौमा रहेका विभिन्न ६ बटा क्लवको संयुक्त आयोजनामा बृक्षारोपण गरेका लायन्स क्लव अफ जनभावना च्याप्टरका प्रेसिडेण्ड शिवराज संजेलले बताए ।

ललितपुरको धार्मिक बन मा क्लवको सक्रियतामा एक सय ५० वटा विभिन्न जातको बिरुवा रोपिएको लायन्स डिस्टिक ३२५ ए वानका गर्भनर अनन्त प्रसाद भेटवालले बताए ।

लायन्स क्लवका जोन चेयरपर्सन श्याम यादवका अनुसार वृक्षारोपणमा लायन्स क्लव भ्याल्ली कन्टिनेन्टल, कोअपरेटर ग्रुप, जनभावना, पिपुल, स्काइ लिमिट र लायन्स क्लव अफ शुभलाभ का पदाधिकारी र सदस्यको सहभागिता थियो ।