बिहिवार ५ आषाढ, २०७६ (Thursday, 20th June 2019)
५ आषाढ, २०७६ (20 June 2019)

मुलुकले आज पनि पाएन प्रधानन्यायधिश

11 months ago
30/07/2018


राजधानी समाचारदाता, काठमाडौ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय नै नगरी संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ ।

सोमबार दिउँसो समितिको बैठक बसे पनि प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन गर्ने वा नगर्नेबारे कुनै निर्णय भएन । समूहगत छलफलपछि समितिको बैठक १६ गतेसम्मका लागि स्थगित गर्ने सहमति भएको हो ।

संसदीय सुनुवाई समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले प्रस्तावित प्रधानन्यायाधीशको बारेमा छलफल जारी रहेकाले निर्णय हुन नसकेको जानकारी दिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदहरुलाई जोशीको नाम अनुमोदन नगर्न सुझाएको थियो । तर, अन्तिममा आएर निर्णय हुन सकेन ।

कामु प्रधानन्यायाधीशसमेत रहेका जोशीले १० साउनमा संसदीय सुनुवाई समितिमा उपस्थित भएर सांसदहरुको प्रश्नको जवाफ दिएका थिए ।

त्यसपछि उनको नाम अनुमोदनबारे निर्णय गर्न शुक्रबार सुनुवाई समितिको बैठक बोलाइएको थियो । तर उक्त बैठक बस्दै नबसी आजसम्मका लागि सारिएको थियो ।

प्रस्तावित प्रधानन्यायाधीश जोशी शैक्षिक प्रमाणपत्र विवादमा परेको छ भने उनका केही फैसला पनि विवादित बनेको छ । यसअघिका प्रधानन्याधिश गोपाल पराजुली पनि शैक्षिक प्रमाणपत्र विवादकै कारण पदमुक्त भएका थिए ।

(Visited 8 times, 1 visits today)
Loading comments...