मंगलवार ३ पौष, २०७५ (Tuesday, 18th December 2018)
३ पौष, २०७५ (18 December 2018)

टोपी साटासाटको समाजवाद

5 months ago
03/08/2018

टोपी साटासाटको समाजवाद

गणेश अधिकारी

 

नेपाली कम्युनिस्टहरूले आजसम्म प्रयोगमा ल्याउँदै आएका कतिपय पदावलीहरू सर्वसाधारणले बुझेका हुँदैनन् । सिधै सामाजिक असमानतासँग गाँसिएका शब्दहरू त बुझ्छन् । जस्तै ठूलाठालु, शोषक÷सामन्त, थरी पगरी, बेठबेगार, साहुमहाजन, बराजु÷पुहुन्की, रैती÷तालुकदार आदि । यस्तै, आर्थिक असमानता÷समानतासँग गाँसिएका कतिपय शब्द पनि समयक्रममा फेरिँदै आएका छन् भने पनि बुझ्छन् । तर, ‘दलाल पँुजीपति’ र ‘नोकरशाही पुँजीपति’ को हुन् भनेर धेरै नेपालीले बुझ्न सकेका थिएनन् । अझ यी शब्दमा ‘वर्ग’समेत जोडेर ‘दलाल पुँजीपति वर्ग’ र ‘नोकरशाही पुँजीपति वर्ग’ भनेपछि त बुझ्नु त परैको कुरा त्यो वर्ग देखेका पनि थिएनन् ।

सस्तो स्वास्थ्य सेवा पु¥याउने उद्देश्य बोकेको अध्यादेश माननीय गगन थापाको पार्टी सरकारमा भएका बखत जारी भएको हो। तर, यो अध्यादेश ल्याउनका लागि पनि डा. केसी सुतेकै थिए। त्यसलाई त्यतिखेरै कानुन बनाउने बाटोबाट सरकार विचलित किन भयो? उनी स्वयं स्वास्थ्यमन्त्री नै थिए। यो मामिला त त्यसैबखत पनि थियो। उनी सल्टाउनतर्फ किन लागेनन्? यी कुराको चित्तबुझ्दो जवाफ नदिउन्जेल केसीलाई उठाउन गरिएको प्रयासमा राजनीतिक शंकाको घेरा त बनिहाल्छ नि

सौभाग्यले यसपटक नेपालका कम्युनिस्टले नयाँ शिराबाट ‘नेकपा’को गठन मात्र गरेका होइनन्, सरकार नै बनेको छ । नेपालको इतिहासमा यस्तो सरकार दोस्रो नौलो मात्र होइन दुई तिहाइ बहुमत भएको बलियो पनि छ । संविधानकै कुरा गर्ने हो भने यो बहुमतले, नेपाली जनताले विद्रोह नगरे संविधानमा जे पनि पास गर्न सक्छ † बेलायतको अलिखित संविधानमा जस्तै । गणतन्त्र त छँदै छ त्यसभन्दा माथि ‘जनगणतन्त्र’मा पनि जान सक्छ । तर, त्यो नेपालीले नबुझेको ‘जनगणतन्त्र’ कागलाई पाकेको बेलबाहेक केही हुँदैन । कारण जनगणतन्त्रका लागि संगठित भएर हिँडेका उनीहरू केही पर पुग्नासाथै चारैतर्फ छरिए । यसले गर्दा स्वयं उनीहरूले नै बिर्सिएको ‘जनगणतन्त्र’ अरूले किन सम्झिरहन्थे ? त्यसैकारण ‘जनगणतन्त्र’ मात्र होइन त्यससँग नजिकै रहेका तर आजको नेपाललाई सुहाउँदा कतिपय कार्यक्रम पनि यिनीहरूले बिर्सिएका छन् ।

कांग्रेससमेत लागेर यिनीहरू सबैले संविधानमा उल्लेख गरेको ‘समाजवाद’समेत बिर्सिए । यो सम्झाउन डा. गोविन्द केसीलाई २७ दिनसम्म भोक हडतालमा बस्नुप¥यो । सबैको स्मरणमा रहेको हुनुपर्छ कि केसी कांग्रेस कम्युनिस्ट केही पनि थिएनन् । उनले दलाल पुँजीपति र नोकरशाही पुँजीपतिजस्ता पदावली केही पनि प्रयोग गरेनन् । तर, उनको मागको वरिपरि दलाल पुँजीपतिले विरोध गरे र जो दलाल थिएनन् तिनले समर्थन गरे । यसरी समर्थन गर्नेहरूको संख्या त्यतिखेर ह्वात्तै बढ्न पुग्यो, जतिखेर समाजवादी सरकारले केसीका विरुद्ध ‘अधिनायकवादी’, ‘आतंककारी’, ‘कांग्रेसको बुइ चढेको’जस्ता जग हँसाउने पदावली प्रयोग गर्दै उनीविरुद्ध जेहाद् छेड्यो । केसीका माग सर्वसाधारण नेपालीका पक्षमा थिए । यसको व्याख्याको अब जरुरी छैन । यी मागमाथि भएको नेपाली जनताको समर्थनले तीनवटा कुराको छिनोफानो गरिदियो । माग पूरा गर्न सरकार बाध्य हुनुप¥यो, दलाल पुँजीपतिहरू आफैंले भोट दिएर जिताएको पार्टीभित्रै रहेछन् र परिआएका बेलामा काम गर्न सक्ने केदारभक्त माथेमा र ओमप्रकाश अर्यालजस्ता इमानदारहरू पनि रहेछन् भन्ने देखायो ।

यसरी पुष्पलालकै पालादेखि व्याख्या हुन बाँकी रहेको ‘दलाल पुँजीपति वर्ग’को पहिचान उनीहरू आफैंले ‘डा. केसीको २७ दिने भोक हडताल’ को समयमा सबै नेपालीले बुझ्नेगरी गराइदिए । ‘नोकरशाही पुँजीपतिको परिचय पनि एक न एकदिन तर चाँडै उनीहरूबाटै प्रस्ट हुनेछ भनेर आशा गर्न सकिन्छ । उसोभए के दलाल पुँजीपति वर्गले नै यो पार्टी भरिएको छ त ? त्यसो पनि होइन । वास्तविकता के हो भने अहिलेको नेतृत्व वर्गमाथि दलाल पुँजीपतिहरूको धेरै पहिलेदेखि लगानी हँुदै आएको थियो । लगानी असुल्ने दबाबका अघि गोविन्द केसी र उनले राखेका मागउपर नेतृत्व खनियो । तर, जब जनताको व्यापक समर्थन केसीका मागका पछि सरकारले देख्यो, त्यतिबेलासम्म यसको बनावटको पिँधमै एउटा ठूलो भ्वाङ परिसकेको थियो । के अब यो भ्वाङ त्यति सजिलै पुरिएला ? धेरैले आशा गर्न सक्लान् तर विश्वास गर्न सक्ने आधार भने छैन ।

डा. गोविन्द केसी यसपटक नेपालीको दिलदिमागमा गाँसिए । प्रसंग केसीले अनशन तोडेको भोलिपल्ट अथवा ११ साउनको संसद् बैठकको हो । रोस्टममा गएर माननीय गगन थापाले कांग्रेस उठ्नुपरेको कारण खोल्दै भने, ‘यदि कांग्रेस नउठेको हुन्थ्यो भने डा. केसी सुतेको सुतै हुने थिए ।’ त्यसको केही समयपछि रवीन्द्रले ट्वीट गरेर भने, ‘कांग्रेसले समाजवाद नबिर्सिएको भए डा. केसी सुत्नैपर्ने थिएन ।’

यी दुवै जनाका भनाइमा पुरै सत्यता छ भन्नुपर्छ । तर, अर्को तेस्रो सत्य के हो भने यी दुवैले भनेको समाजवादको आधारमै कति सत्यता छ ? ‘समाजवाद उन्मुख संविधान’ लागू गर्ने क्रममा जनताको तल्लो तहसम्म सुलभ र सस्तो स्वास्थ्य सेवा पु¥याउने उद्देश्य बोकेको अध्यादेश गगनको पार्टी सरकारमा भएका बखत जारी भएको हो । तर, यो अध्यादेश ल्याउनका लागि पनि डा. केसी सुतेकै थिए । त्यसलाई त्यतिखेरै कानुन बनाउने बाटोबाट सरकार विचलित किन भयो ? अहिले यतिखेरको २७ दिने भोक हडताल त ‘कबुल गरेको काम गर’ भनेर डा. केसीले आग्रह गर्न पनि सुत्नुपरेको न हो । अझ माननीय गगनको हकमा त उनी स्वयं स्वास्थ्यमन्त्री नै थिए । यो मामिला त त्यसैबखत पनि थियो । उनी सल्टाउनतर्फ किन लागेनन् ? यी कुराको चित्तबुझ्दो जवाफ नदिउन्जेल केसीलाई उठाउन गरिएको प्रयासमा राजनीतिक शंकाको घेरा त बनिहाल्छ नि ।

अब कुरा गरौं, समाजवादको । ‘एउटा लैनो गाई, एक हल गोरु, अलिकति जगा र एउटा सानो घर…….’ भएको परिवार बनाउने बीपीको समाजवादको मापदण्ड थियो । नवउदारवादको मोहनी जालमा परेर कांग्रेसले त्यसलाई बिर्सियो । त्यति मात्र होइन अरूले बनाइदिएका केही उद्योगसमेत कांग्रेसले कौडीको भाउमा बेच्यो । अहिले ‘भोट नपाउनुका’ कारण खोज्न कुना पसेर रुनुभन्दा सबैले सुन्ने र पत्याउनेगरी कमसेकम ‘बीपीकै समाजवादमा हिँड्छौं’ भन्दा अहिलेको सरकार बनाउनेहरूलाई ‘कुरीकुरी’ त लाग्ने थियो ।

हुन त अब न कांग्रेस एउटा लैनो गाईको समाजवादमा जान्छ न कम्युनिस्ट सरकार माक्र्सवादी वैज्ञानिक समाजवादमा जान सक्छन् । यी दुवैको समाजवादी हद एउटै हो भन्ने कुरामा सबै आश्वस्त भए हुन्छ । यी दुवैको समाजवादी पारो आमनिर्वाचनमा यिनको घोषणापत्रमा केही घटीबढी हुन सक्ला तर जब बहुमत ल्याएर सरकार बनाउने अवस्थामा आइपुग्छन्, तब दुवैको समाजवादी पारो जिरोमा आइपुग्छ अथवा बराबरी हुन्छ । यसैलाई भनिन्छ, जनताको राजनीतिक स्वतन्त्रता, जसलाई उनीहरूले पाँच वर्षमा एकपटक मात्र प्रयोग गर्न पाउँछन् । तर, निर्वाचनको परिणाम मतदाताले थाहा पाउँदासम्म उनीहरूले समाजवादको टोपी साटिसकेका हुन्छन् ।

 नेपालीको आफ्नै इतिहास बनिसकेको छ । यसमा खोज्दै जाँदा धेरै कुरा भेटिन सक्छन् । तर, त्यता नलागेर विगत ३ सय वर्षको अवधिलाई मात्र हेर्दा नेपालीले सुखको सास लिन कहिल्यै पाएनन् । त्यो यस कारणले हो कि उनीहरूले विचारै नगरी अरूका कुरा पत्याए । अझ साथ पनि दिए । तर, अब आइन्दा यसरी सजिलै अरूका कुरा पत्याइहाल्नुहुँदैन । सबैका कुरा सुन्नुपर्छ । तर, निर्णय विचार पु¥याएर मात्र गर्ने बानी बसाल्नुपर्छ । यसो गरियो भने टोपी साटासाट गर्नेहरूले पनि फेरिफेरि भ्रम छर्ने आँट गर्ने छैनन् ।

(Visited 30 times, 1 visits today)