मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

अगुवाइमा दलित महिला

12 months ago
04/08/2018

अगुवाइमा दलित महिला

कृष्ण विदुखी गौतम

म्याङलुङ बजार निस्कनेबित्तिकै कमला दर्नाललाई हात उठाएर नमस्कार पर्काउन भ्याइनभ्याइ हुन्छ । जिल्लाका ६ वटै स्थानीय तहका धेरै ठाउँमा चिन्ने जान्ने बाहुनसमेत उनीअघि नतमस्तक हुन्छन् ।नम्रता, शालीनता, शिक्षा, लगनशीलता र सामाजिक गतिविधिका कारण नै उनले यति धेरै श्रद्धा पाएकी हुन् ।

    

उनलाई आफू दलित भएकामा कुनै दुःख छैन । थर दलित भए पनि समाजले दिएको मान, मर्यादा र सम्मानले गर्व लाग्छ, उनलाई । स्नातकोत्तर अध्ययन गरेकी दर्नाल जिल्लामा रहेको दलित सचेतना समाज संस्थामा कार्यरत छिन् । संस्थामा रहेर महिला हिंसा, छुवाछूत, बोक्सी प्रथालगायतका कुरीति हटाउन वर्षांैदेखि लागिपरेकी छन्, उनी । शुभकार्यमा बाहुनका घरसमेत पुग्नैपर्छ, उनलाई । जिल्लामा रहेका दर्जनभन्दा बढी संघसंस्थाको अगुवाइ गर्छिन् । उनी नेपाल रेडक्रस सोसाइटी तेह्रथुम उपमन्त्रीसमेतरहेकी छन् । समाजमा केही साह्रोगाह्रो आइपर्दा उनलाई नै सम्झिने गरिन्छ । राजा जयस्थित मल्लले नेपालका कीर्तिनिधि उपाध्याय, मैथिली ब्राह्मण रामनाथ झा र रघुनाथ झा, भारतका श्रीनाथ भट्ट र महीनाथ भट्टको सल्लाह लिईनेपाली समाजलाई वर्णका आधारमा विभाजन गरेदेखि नै नेपालमा जातपातको विभेद सुरु भएको हो ।

दलितलाई धेरै ठाउँमा अझै होच्याउने गरेको पाइन्छ । कामी, सार्की, दमाई र गन्धर्वलाईसमाजले माथि उठ्ने वातावरणै दिएको छैन । तर, कमला दर्नालजस्ता समाजका अगुवा तथा सम्मानित व्यक्ति पनि धेरै छन् ।सोल्माका स्थानीयले लालीगुराँस नगरपालिकासोल्मास्थित स्वास्थ्य चौकीकी अनमी पुष्पाकार्कीडोली (दमाई)लाई आफूू बिरामी हुँदा होस् वा गाउँमा मिठोमसिनो पकाउँदा, पहिला उनैलाई सम्झन्छन् ।

सोल्मालीका हरेक घरमा कार्कीडोली नपुगी लाशसमेत उठ्दैन । ‘हाम्रो गाउँमा यी डाक्टर नहुने हो भने त हामी अकालमै मर्नुपथ्र्याे,’ स्थानीय सावित्रा खनालले भनिन् । गाउँघरमा अझै स्वास्थ्य चौकीलाई ‘हेल्थपोस्ट’ र त्यहाँका स्वास्थ्यकर्मीलाई ‘डाक्टर’ भन्ने चलन छ ।

आठराई गाउँपालिका छातेढुंगाकी उमा शिवा (दमाई)ले जीवनमा कहिल्यै सिलाइ मेसिन चलाउनुपरेको छैन । न त उनले बालिघरे विष्ट नै बनाउनुप¥यो । उनी शिक्षण पेसामा लागिन् । आधारभत विद्यालयमा प्रधानाध्यापक उनी पनि आफूूलाई ‘कसैले दलित भनेर हेला नगरेको’ बताउँछिन् । जातले नभएर पेसाले दलितजस्तो देखिने र दलितमा आत्मविश्वास पनि कमजोर हुने शिवाको भनाइ छ ।

इटहरी उपमहानगरपालिका–१ घर भई १५ वर्षदेखि जिल्ला प्राविधिक कार्यालय तेह्रथुममा कार्यरत सबइन्जिनियर ज्ञानता विकलाई सुनका गहना बनाउनु नै प¥यो न हसियाँ, कोदालो, खुकुरी बेच्न नै बजार धाउनुप¥यो । उनलाई जिल्लामा सबैले ‘नमस्कार म्याडम’ भन्छन् । उनले छोएको पानीदेखि बाटो, कुलो, भवनलगायत विभिन्न योजनाको सर्भे तथा स्टिमेन्ट सबै चल्छ । ‘पेसाका कारण पनि दलित हेपिएका हुन्,’ उनको बुझाइ छ ।

लालीगुराँस नगरपालिका–२ वसन्तपुरकी गीता शिवा अखिल नेपाल महिला संघ जिल्ला इन्चार्जका साथै महिला अधिकारवादी हुन् । महिलालाई केही समस्या परे, झगडा वा वादविवाद पर्दा प्रहरीभन्दा उनलाई पहिले सम्झने गरिन्छ । परिवारभन्दा शिवाले समाजलाई बढी समय दिने गरेको स्थानीय कल्पना पौडेल बताउँछिन् । शिवा समाजसेवाबाटै चेतना प्रवाह गर्न सक्रियतासाथलागिपरेकी छन् । ‘आफूू परिवर्तन भएमात्र समाज परिवर्तन गर्न सकिन्छ,’ शिवा भन्छिन्, ‘जातभात र छुवाछूूत अन्त्य गरी समतामूलक समाज निर्माणमा लागिपरेकी छु ।’

लालीगुराँस नगरपालिका सुङनामकी एलिसा कार्कीडोली स्नातकोत्तर उत्तीर्ण हुन् । उनी घरनजिकैरहेको सिंहदेवी आधारभूूत विद्यालयमा शिक्षण गर्छिन् ।

२०७० सालको शिक्षा सेवा आयोगमा नाम निकाल्न सफल कार्कीडोली विद्यार्थीलाई अंग्रेजी विषयमा जिल्लाकै नमुना बनाउने उद्घोष गर्छिन् । ‘मलाई गैरदलित जातका अभिभावकले घरमै ट्युसन पढाउन बोलाउनुहुन्छ, घरभित्र नै बोलाएर खाजा दिनुहुन्छ,’ उनी भन्छिन् ।

जिल्लामा धेरै दलित महिला समाजसेवा र राजनीतिमा सक्रिय छन् । फेदापकी रीता दास जिल्ला समन्वयन समिति सदस्य र कमला नेपाली छथर गाउ“ कार्यपालिका सदस्य छन् । स्थानीय तह निर्वाचनमा प्रत्येक वडाबाट एक महिला सदस्य अनिवार्य उठाउनुपर्ने प्रावधान रहेकाले जिल्लामा हाल ४३ दलित महिला निर्वाचित वडा सदस्य छन्

म्याङलुङ नगरपालिकाकी डिकमाया रसाइली (कामी)ले आफूूभन्दा माथिल्लो जातको केटासँग विवाह गरिन् । सुरुमा उनलाई घरजम गर्न धेरै समस्या प¥यो । आफूले माथिल्लो जातको केटासँग विवाह गरेका कारण समाज उनीसँग रुष्ट थियो । तर, उनले हिम्मत हारिनन् । विस्तारै जागिरे जीवनमा प्रवेश गरिन् । श्रीमान्ले विदेशबाट पठाएको र आफूूसँग भएको पैसाले बजारमा तीनतले पक्की घर बनाएकी छन् । हाल उनी म्याङलुङ नगरपालिकाको खरिदार पदमा कार्यरत छिन् । ‘पहिले आफूूसँग बोल्न पनि नचाहने छिमेकी अहिले मेरो घरमा आएर खाना खन्छन्,’ उनी भन्छिन्, ‘समाजको दृष्टि पहिलेभन्दा निकै फरक छ ।’

जिल्लामा धेरै दलित महिला समाजसेवा र राजनीतिमा सक्रिय छन् । फेदाप गाउँपालिकाकी रीता दास जिल्ला समन्वयन समिति सदस्य छिन् । नेपाली छथर गाउँ कार्यपालिकाकी सदस्य छिन्, उनी । यीबाहेक स्थानीय तह निर्वाचनमा प्रत्येक वडाबाट एक महिला सदस्य अनिवार्य उठाउनुपर्ने प्रावधान रहेकाले जिल्लामा हाल ४३ दलित महिला निर्वाचित वडा सदस्य छन् ।

छथर गाउँपालिकाकै अंकिता बराइली, होमकुमारी खाती, म्याङलुङ नगरपालिकाकी जमुना बर्देवालगायतका दलित महिला सक्रिय राजनीति तथा समाज रूपान्तरणमा लागेका छन् । मेन्छाययेम गाउँपालिका मोराहाङकी रमिलानेपाली प्रगति गर्न र समाजमा अगाडि बढ्न जातपातले कुनै अवरोध नगरेको बताउँछिन् ।

नेपालमा दलित गरिबी रेखामुनि छन् । उच्चतह र ओहोदामा पुग्नेको संख्या आंैलामा गन्न सकिन्छ । राजनीतिक, प्रशासनिक, विद्यालय, पत्रकारिता र कानुुनी क्षेत्रमा पनि दलितको उपस्थिति न्यूून छ । तर, कतिपय दलित महिला समाजका अगुवा र नमुना पनि बनेको कमला दर्नाल, ज्ञानता विकलगायतको उदाहरणले प्रस्ट पार्छ । ल

(Visited 25 times, 1 visits today)
Loading comments...