मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

विदेशको दुःखपछि क्यासियर

12 months ago
04/08/2018

विदेशको दुःखपछि क्यासियर

भोलाराज पौडेल

नुवाकोट किस्पाङ गाउँपालिका–५ मनकामनाकी ३० वर्षीया अस्मिता तामाङ चार वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगिन् । ऋण तिर्न र परिवारलाई सुखसँग पाल्ने आशामा सिलाइको काम गर्न मलेसिया पुगेकी थिइन्, उनी । तर, सोचेजस्तो भएन ।

म्यानपावरले झुक्यायो, उनलाई । त्यहाँ इलोक्ट्रोनिक्स कम्पनीमा काम गर्न बाध्य भइन् । ‘म्यानपावरले सिलाइको काम गर्न भनेर पठाइदियो,’ अस्मिता भन्छिन््, ‘तर, मलाई झुक्याइयो, इलेक्ट्रिक्स काम गर्न पो लगायो ।’ सामान्य सिलाइकटाइको सिप सिकेकी उनले केही समय डीभीडी उत्पादन गर्ने ‘तानासेन’ नामक कम्पनीमा प्याकिङको काम गरिन् ।

मलेसियामा काम गर्दा झन्डै ६० हजार नेपाली रुपैयाँ आम्दानी गर्न सकिने आश्वासन दिएको थियो, म्यानपावरले । तर, नेपाली २० हजार रुपैयाँसम्म मुस्किलले पाइन्, उनले ।

‘म्यानपावरले फसाउँदा भनेको काम गर्न पाइनँ,’ अस्मिताले भनिन्, ‘टाढा पुगेपछि उसै फर्किने पनि कुरा भएन ।’ त्यहाँ काम गर्दा उनले वैदेशिक रोजगारीमा जान भएको खर्च (ऋण) समेत तिर्न नसक्ने अवस्थामा पुगिन् । ठूलो सपना बोकेर विदेश छिरेकी अस्मिता भनेको काम र तलब नपाएपछि आत्तिइन् ।

उनले कसैको सहारामा एक वर्षमै त्यो कम्पनी छाडिन् र कोरियन रेस्टुरेन्टमा काम गर्न थालिन् । त्यहाँ उनले करिब १३ महिना काम गरिन् । कोरियन रेस्टुरेन्टमा काम गर्दा उनले केही पैसा कमाइन् तर मलेसियामा त्यसरी काम गर्नु गैरकानुनी भएपछि उनी झनै समस्यामा परिन् । ‘लुकेर धेरै समय काम गरें,’ उनले भनिन्, ‘पछि परिवारको सहारामा बल्लबल्ल नेपाल आएँ ।’

विदेश गएर पैसा कमाएर परिवारमा छुट्टै उत्साह ल्याउने अस्मिताको सपना सपनामै विलय भयो । उनलाई मलेसियाबाट नेपाल ल्याउन परिवारले खर्च लगाउनुपर्ने अवस्था आयो । ‘विदेश मैले सोचेजस्तो होइन रहेछ,’ अस्मिता भन्छिन््,

‘मलेसियामा पाएको हन्डर र दुःखको वर्णन गरी साध्य छैन ।’ वैदेशिक रोजगारीमा जाँदा उनले घरपरिवारलाई लागेको ऋण तिरेर आत्मनिर्भर बन्ने उद्देश्य थियो, जुन पूरा हुन पाएन ।

वैदेशिक रोजगारीमा झन्डै साढे दुई वर्ष बिताएपछि अस्मिता परिवारको सहायतामा नेपाल फर्किन् । विदेशमा कमाइ गरेर आफू र आफ्नो भविष्य बनाउने सपना अढाइ वर्षमा चकनाचूर भयो । घरपरिवारले हवाई टिकट पठाउनुपर्ने बाध्यता आइप¥यो । ‘विदेशको सपनाले झन्डै सडकमा नआइपुगेको,’ अस्मिता थप्छिन्, ‘अब विदेश जाने सोच छैन, एकपटकमै अघाइयो ।’

मलेसियाबाट फर्किएपछि अस्मिता र उनका श्रीमान् कुमारबीच व्यवसाय गर्ने छलफल भयो । कुमारले गाडी बनाउने मिस्त्री काम गर्न जानेकाले दुवै मिलेर गाडी मर्मत र अटो सप्लायर्स पसल सञ्चालन गर्ने सल्लाह गरे । तर, उनीहरूस“ग यति ठूलो व्यवसाय सञ्चालन गर्ने पु“जी थिएन

मलेसियाबाट फर्किएपछि अस्मिता र उनका श्रीमान् कुमारबीच जिल्लामै केही व्यवसाय गर्ने छलफल भयो । कुमारले गाडी बनाउने मिस्त्री काम गर्न जानेकाले दुवै मिलेर गाडी मर्मत र अटो सप्लायर्स पसल सञ्चालन गर्ने सल्लाह भयो । तर, उनीहरूसँग यति ठूलो व्यवसाय सञ्चालन गर्ने पुँजी थिएन । यसका लागि बैंकमा ऋणका लागि हात फैलाउनुप¥यो । ‘बल्ल एउटा बैंकले ऋण पत्यायो, हामीले हाम्रो व्यवसाय सुरु ग¥यौं,’ अस्मिता भन्छिन््, ‘भर्खरै सुरु गरेकाले अहिले व्यवसाय ठीकै छ ।’

अस्मिता र कुमारको जोडीले ‘जेनिस अटो सप्लायर्स’ सुरु गरेको एक वर्ष भयो । विदुर नगरपालिका–४ बट्टार बसपार्कनजिकैको सप्लायर्समा अस्मिता काउन्टरमा क्यासियर छिन््, श्रीमान् कुमार गाडी मर्मतको काम गर्छन् । ‘श्रीमान् र श्रीमती मिलेर काम गर्नुको मज्जा नै बेग्लै छ,’ अस्मिताले भनिन्, ‘परिवार पाल्न र बालबच्चा पढाउन खर्च पुगेकै छ ।’ सबै प्रकारका गाडी मर्मत हुने उनको वर्कसपमा १२ लाख रुपैयाँ लगानी भएको छ ।

भर्खरै सञ्चालनमा आएकाले व्यवसाय फस्टाउँदो छ । सोचेजति राम्रो नभए पनि घर व्यवहार र दैनिक खर्चका लागि अरूको भर पर्नु नपर्ने उनी बताउँछिन्् । काउन्टरमा बसे पनि श्रीमान्ले नभ्याएको बेला मेकानिकल काममा अस्मिता कुमारलाई सघाउँछिन्् । वर्षाको समय भएकाले खासै गाडी मर्मतका लागि नआउने उनले बताइन् । ‘ठूूलो लगानी गरेर व्यवसाय सुरु गरेका छौं, आशा छ, यसैबाट हाम्रो भविष्यको उज्ज्वल यात्रा सुरु हुनेछ,’ उनले भनिन् । यसबाहेक सिलाइको ‘स्पेसल कोर्स’ पनि लिइरहेकी छन््, उनी ।

वैदेशिक रोजगारीबाट फर्किएका महिलालाई संगठित गर्दै विदेश जान चाहने लाई सिप सिकेर सुरक्षित सहजीकरण गर्दै आएको विदुर सञ्चार चोक शुभयात्रा समूहमा उनी आबद्ध छिन्् । यो समूह विदेशमा गएर फर्किएका महिलाको समूह हो । समूहमा आबद्ध भएर उनले सामाजिक तथा आर्थिक उपार्जनका विभिन्न क्रियाकलापमा पनि अघि बढाउँदै लगेकी छन्् । अस्मितालाई द एसिया फाउन्डेसन र आप्रवासी महिला कामदार समूह (आमकास) नेपालले सहयोग गरिरहेको छ ।आमकासमा आबद्ध भएपछि उनीहरूलाई सिप सिकाउने, वैदेशिक रोजगारीमा जाँदा सुरक्षित प्रक्रियाबाट मात्र जाने र वैदेशिक रोजगारीबाट फर्किएपछि सिप सिकेर आत्मनिर्भर बनाउनेमा सचेत गराउँदै आएको अस्मिता बताउँछिन्् ।

 

(Visited 27 times, 1 visits today)
Loading comments...