मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

सके तिरौंला नसके फ्री

12 months ago
11/08/2018

सके तिरौंला नसके फ्री

ईश्वर लुइँटेल

डारियो फो इटालियन नाटककार हुन् । जसले सन् १९९७ मा साहित्यतर्फबाट नोबेल पुरस्कार पाएका थिए । उनको ‘कान्ट पे वन्ट पे’ नाटक सन् १९७४ मा पहिलोपल्ट इटालीको मिलान थिएटरमा मञ्चन भएको थियो । त्यसयता सो नाटक ३० बढी मुलुकमा सफलतापूर्वक मञ्चन भइसकेको छ ।
अहिले उनै डारियो फोको ‘कान्ट पे वन्ट पे’लाई नेपालीमा अनुवाद गरी ‘सके तिरौंला नसके फ्री’ नाटक राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ । डारियो फोले आफ्ना श्रमिक हजुरबुबाको प्रेरणाका कारण निम्न मध्यम
वर्गको आवाज नाटकका मध्यमबाट रंगमञ्चमा उठाए । त्यही नाटकलाई नेपाली थिएटरमा सक्रिय विकास जोशीले ‘सके तिरांैला नत्र फ्रीमा’ नाम दिएर
नेपाली परिवेशलाई सुहाउँदो बनाएर सशक्त निर्देशनका साथ प्रदर्शनमा ल्याएका छन् । यो उनको दोस्रो नाटक हो । यसअघि उनले मिरा मिराजका लागि मिहिनेत गरी दर्शकलाई देखाइसकेका छन् ।

कस्तो कथा ?

कर प्रणालीबाट निम्न वर्गीय श्रमजीवीमा कस्तो प्रकारको असर पर्छ भनेर नाटकले देखाउन खोजेको छ । नाटकमा केही श्रमिकका श्रीमती एउटा सुपर मार्केटमा हुलदंगा गरेर सामान चोरेर फरार हुन्छन् । त्यही हुलमा एक ट्याक्सी चालककी श्रीमती सरिताले पनि सुटुक्क छिरेर महिनांैसम्मलाई पुग्ने सामान चोरेर आफ्नो डेरामा ल्याउँछे र त्यो सामान आफ्ना श्रीमान्सँगै प्रहरीबाट लुकाउन खोज्दा सिर्जना भएको परिस्थितिको सेरोफेरोमा कथा घुमेको छ ।
नाटकको पहिलो अंशमा प्रमिला र सरिताको गृहिणी भूमिकामा लामो गन्थन धेरैका लागि अलि पट्यारलाग्दो देखिन्छ । त्यसबाहेक नाटकमा खन्डन गर्न लायक पक्ष निकै कम छ । अहस कथाको रसमा लठ्ठिनेहरूका निम्ति भने कथाको मूल मर्म चटकै चोइटिन सक्छ ।

हाम्रो संविधानले एउटा नागरिकको नैसर्गिक अधिकारभित्र गाँस, बाँस, कपासँगै शिक्षा, स्वास्थ र रोजगार अटाएको छ र एउटा नागरिकको आधारभूत आवश्यकतामा पनि यिनै कुरा पर्छन् । तर, के आमनेपाली यी आधारभूत आवश्यकताको पहुँचमा छन् त ?
अह † पटक्क छैनन् । आज बहुसंख्यक नेपाली यिनै आधारभूत आवश्यकताका लागि रन्थनिरहेका छन् । त्यो संख्या सबैभन्दा उच्च त राजधानीमा छ ।
जहाँ अधिकांश श्रमजीवी डेरामा रहेर आफ्ना रहर (सपना)को लहरोलाई मनको कुनै कुनामा कैद बनाएर बाँच्नकै लागि संघर्षरत छन् । जसका निम्ति खुसी हुने ठाउँहरू अत्यन्त थोरै छन् । त्यसमाथि सीमित कमाइमा चर्को बजारभाउबीच असीमित आवश्यकता पूर्ति !

मसलेदार कथालाई कलाकारको जीवन्त अभिनयले हर रूपमा न्याय दिएको पूरा नाटक हेरिसकेपछि प्रस्ट हुन्छ

अझ बजारमा हुने मूल्यवृद्धिसँगै सरकारले तोकेको कर प्रणाली अर्को ठूलो टड्कारो † नाटक ‘सके तिरांैला नसके फ्री’ले यही बाध्यतालाई अत्यन्त कलात्मक ढंगले व्यंग्यवाणसहित पस्किएको छ । कतिपयलाई नाटकले बोलेको कथा आफ्नै लाग्न सक्छ । नाटकमा कलाकार सरिता गिरी, अनुपम शर्मा, विजय बराल, प्रमिला खनाल र उमेश तामाङको उत्कृष्ट अभिनय छ । मसलेदार कथालाई कलाकारको जीवन्त अभिनयले हर रूपमा न्याय दिएको पूरा नाटक हेरिसकेपछि प्रस्ट हुन्छ । नाटकको पूरा अवधिभर टुइस्ट र डाइलगले दर्शकको पुरै ध्यान केन्द्रित गर्छ ।

हरकोहीको हाँसोलाई खुलाएर प्रस्फुटन गरिदिन्छ । यसका साथै यस नाटकले थिएटर नाटकप्रति दर्शकको आकर्षण बढाउनुका साथै जिम्मेवार पक्ष (सरोकारवाला)लाई झकझक्याउने कामसमेत गर्न सक्छ । शनिबारदेखि मञ्चनरत नाटक ‘सके तिरांैला नसके फ्री’ सोमबारबाहेक प्रत्येक शनिबार अतिरिक्त एक बजे र प्रत्येक दिन साँझ ५ः३० मा अनामनगरस्थित मण्डला थिएटर १० भदौसम्म मञ्चन हुनेछ । ल

(Visited 22 times, 1 visits today)
Loading comments...