सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

गर्मीका कारण चीनमा कोइला आयात वृद्धि

7 months ago

एजेन्सी/बेइजिङ।

 गर्मीका कारण चीनको कोइला आयातमा वृद्धि भएको छ । गत जुलाईबाट चीनमा कोइला आयातमा वृद्धि भएको अधिकारीहरुले बताएका छन् । जुलाईमा मुलुकका अधिकांश स्थानमा गर्मी बढेको र विद्युत्को मागमा वृद्धि आएपछि विद्युत्का लागि भएको थप मागलाई व्यवस्थापन गर्न कोइलाको प्रयोग हुँदा कोइला आयात दरमा वृद्धि भएको हो ।

चीनले जुलाईमा २ करोड ९० लाख टन कोइला भिœयाएको र यो अन्य महिनाको तुलनामा ४९ प्रतिशतले बढी हो । मासिक रूपमा खपत हुने कोइलाको सन् २०१४ पछिको यो नै सबैभन्दा बढी खपतदर हो, चिनियाँ भन्सारको सामान्य प्रशासन विभागको तथ्यांकमा उल्लेख छ ।

आयात वृद्धिसँगै जुलाईभरमा चीनले १७ अर्ब ९० करोड चिनियाँ युआन (२ अर्ब ६० करोड अमेरिकी डलर) बराबरको थप बजेट कोइला आयातमा खर्चिएको तथ्यांकमा उल्लेख छ ।

चीनले पछिल्लो समय कोइलाको प्रयोगलाई वैकल्पिक ऊर्जाको प्रयोगद्वारा घटाउने प्रयास गरिरहेको छ । यद्यपि सन् २०१७ सम्ममा पनि देशको ६० दशमलव ४ प्रतिशत विद्युत्का लागि अझै पनि कोइलाको प्रयोग हुँदै आएको छ ।

(Visited 4 times, 1 visits today)
Loading comments...