सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

चीनमा आँधीका कारण २ लाख ६० हजार प्रभावित

7 months ago
20/08/2018

 झेन्झाउ/ सिन्ह्वा– चीनको हेनान प्रान्तमा रुम्बिया नाम दिइएको आँधीका कारण २ लाख ६० हजार प्रभावित भएका छन् । यस वर्षको यो अठारौं शक्तिशाली आँधी रहेको स्थानीय अधिकारीले बताएका छन् ।

हेनान प्रान्तमा शुक्रबार र शनिबार भएको ठूलो वर्षाका कारण धेरै सहर तथा जिल्लामा बाढी आएको थियो । प्रान्तीय गृह मामिला विभागले स्थानीय समयानुसार शनिबार बेलुका ९ बजेको मुसलधारे वर्षाका कारण ६२ लाख अमेरिकी डलरबराबरको आर्थिक क्षति भएको जनाएको छ । यसले कृषि क्षेत्रमा अझ बढी नोक्सान गरेको छ ।

अहिलेसम्म कुनै मानवीय क्षतिको खबर नरहेको समाचारमा जनाइएको छ । बाढीका कारण १३८ वटा घर क्षतिग्रस्त भएका छन् । स्थानीय गृह मामिला विभागले बाढीप्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि उद्धारकर्ता परिचालन गर्नुका साथै घरबारविहीन भएकालाई स्थानान्तरणको व्यवस्था गर्न लगाएको जनाएको छ ।

सरकारी अधिकारीले मौसमको अवस्था तथा परिवर्तन, नदीको जलस्तर तथा प्रकोपको अवस्थाका बारेमा नियमित अनुगमन गरिरहेका छन्  ।

(Visited 9 times, 1 visits today)
Loading comments...