सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

बसाइँ सरे गन्धर्व

8 months ago
25/08/2018

बसाइँ सरे गन्धर्व

केशवराज पौडेल

अरनिको–बीपी राजमार्गमा गन्धर्व नौला थिए । पृथ्वी राजमार्गका चोकचोकमा यात्रुबस चढेर खुसी र वियोगका गीत सुनाएर उनीहरू जीविकोपार्जन गर्थे । पृथ्वी राजमार्गमा उनीहरूको आम्दानीको प्रमुख स्रोतका रूपमा रहेका साना सवारीसाधन संख्या घटेपछि गन्धर्व बसाइँ सर्न  थालेका छन्् ।
पृथ्वी राजमार्गमा सवारी साधनसँगै सारंगी बजाउने गन्धर्वको चाप बढेसँगै पुख्र्याैली पेसा जोगाउन उनीहरू बीपी र अरनिको राजमार्गमा छिरेका हुन् । ‘काठमाडौं आएको बखत काभ्रेतिर आएर गीत बजाउँदा एकै दिन चार हजार कमाइ भएपछि यतै काम थालेको छु,’ भीम गन्धर्व सुनाउँछन्् । काठमाडौंबाट थानकोटभन्दा धेरै रुट कोटेश्वरतिर देखेपछि राम्रो कमाउने आशामा अरनिको राजमार्गमा सरेको उनी बताउँछन्् ।


धुलिखेल बसपार्कमा भेटिएका भीम दैनिक तीन हजारसम्म कमाउँछन्् । उनीसँगै चार जनाको गन्धर्व टोली अरनिको र बीपी राजमार्गमा गीत सुनाएर यात्रुलाई मनोरञ्जन दिन्छन् । भीमले १५ वर्ष निरन्तर गाडी चढेर गीत सुनाए ।
काठमाडौंबाट गीत सुनाउँदै बीपी राजमार्ग बतासेसम्म पुगेका शिव गन्धर्वले धादिङमा गाउँदै गर्दा आम्दानी घटेपछि बीपी राजमार्गमा आएर सारंगी रेट्दै गाउन थालेका छन्् ।

यात्रुले गन्धर्वको माग गरेसँगै चालकले सम्पर्क गरेरै बोलाउने गरेका छन्् । 

धेरै गन्धर्व भएको र यताको रुटमा राम्रै आम्दानी भएपछि बीपी राजमार्गमा सेवा सुरु गरेको शिव बताउँछन्् । ‘हाम्रो पेसा नै गाउने हो, जता राम्रो आम्दानी हुन्छ, उतैतिर गएका हौं,’ उनी सुनाउँछन्् ।
बीपी र अरनिको राजमार्गको लामो छोटो दूरीमा गन्धर्वले गाउन थालेपछि यात्रु पनि खुसी छन्् । यात्रामा गन्धर्वले गाउँदा छिटो र आनन्दित महसुस हुने सिन्धुली झागाझोलीका रतन कोइराला सुुनाउँछन्् ।
गन्धर्वले गाडी चढेर गाउने भएपछि यात्रुबस चालक तथा सहचालक भाडा लिँदैनन् । ‘गन्धर्वले गाउँदा राम्रै मनोरञ्जन हुने भएकाले यात्रुको सन्तुष्टिका लागि भाडा लिने गरेका छैनौं,’ हायस माइक्रोबस चालक सुर्वण विष्ट भन्छन्् ।

(Visited 16 times, 1 visits today)
Loading comments...