बुधवार ९ माघ, २०७५ (Wednesday, 23rd January 2019)
९ माघ, २०७५ (23 January 2019)

एक करोड जरिवाना फछ्यौट भएन

5 months ago
02/09/2018

राजधानी संवाददाता/भोजपुर ।

जिल्ला अदालत भोजपुरको एक करोड ४३ लाख ६२ हजार ३ सय १८ रुपैया जरिवाना फछ्यौट हुन वाँकी रहेको छ । जिल्लाबाट तोकिएको मुद्धाको धेरै जसो जरिवाना फछ्यौट भएको भए पनि वाहिरी अदालतबाट आएका अरौटे जरिवाना दुई तिहाई वढी रहेकोले बाँकी जरिवाना वढि देखिएको जिल्ला अदालत भोजपुरका सुचना अधिकारी मणीराम पोखरेलले जानकारी दिए ।

कुल दुई सय ३२ ओटा मुद्धामा, चार सय २६ जना व्यक्ती संलग्न रहेकोमा गत आर्थिक वर्षमा एक सय २१ जनाको कैद तथा जरिवाना फछ्यौट भएको हो ।  वाँकी रहेका तीन सय ५ जना व्यक्ती मध्येबाट एक हजार दुई वर्ष तीन महिना २३ दिन वरावरको कैद र एक करोड ४३ लाख ६२ हजार तीन सय १८ रुपैया जरिवाना फछ्यौट हुन वाँकी रहेको सुचना अधिकारी पोखरेलको भनाई छ ।  तीन सय ५ जना मध्ये, एकसय ३८ जनालाई कैद, ८७ जनालाई जरिवाना र ८० जनालाई कैद र जरिवाना दुवै तोकिएको अदालतले जनाएको छ ।

त्यस्तै अदालतले तीन सय ४८ वर्ष ११ दिन वरावरको कैद फछ्यौट गरेको छ । कुल लगत एक हजार ३ सय ५० वर्ष ४ महिना ४ दिन मध्ये तीन सय ४८ वर्ष ११ दिन वरावरको कैद फछ्यौट भएको अदालतले जनाएको छ । सबै खालका कैदको अवधी मध्ये, अव एक हजार दुई वर्ष तीन महिना २३ दिन वरावरको कैद फछ्यौट हुन वाँकी रहेको सुचना अधिकारी पोखरेलले  वताए ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जवर्जस्ती करणी लगाएतमा कैद तोकिएका व्यक्तीहरु फरार रहेसंगै कैद अवधी पनि वढी रहेको उनको भनाई छ । कैद तथा जरिवाना तोकिएका मानिसहरु २०११ साल देखिको समेत रहेको अदालतको भनाई छ ।

(Visited 2 times, 1 visits today)