सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

यस्तो रह्यो सशस्त्र प्रहरी बलको निशान तथा मौलोपूजा

3 years ago
10/10/2016

????????????????????????????????????

राजधानी समाचारदाता
काठमाडौं, २४ असोज

सशस्त्र प्रहरी बलको निशान तथा मौलोपूजा वैद्धिक विधिपूर्वक सम्पन्न भएको छ । निशान तथा मौलोपूजा कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल तथा जितबहादुर पुन लगायत एपीएफ अधिकृत तथा जवानहरुबाट पूजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो ।

विहान ७ वजेर ५ मिनेटको पूजाको संकल्प साइतमा गरिएको निशान तथा मौलोपूजा कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राईले सशस्त्र प्रहरी बलको निशानमा पन्जाछाप लगाउनुभयो । सशस्त्र प्रहरी व्याण्डको मंगलधुन बीच सुरु भएको पूजा कार्यक्रममा सशस्त्र प्रहरी बलको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बडादशैं अन्तर्गत महानवमीको अवसरमा हरेक वर्ष यस्तो खालको निशान तथा कोतपूजा गर्दै आएको छ । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राईले मौलोपूजा व्यवस्थापनामा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलार्ई पगरी तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।

(Visited 15 times, 1 visits today)
Loading comments...