आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

पञ्चदान पर्व मनाइँयो

3 months ago
08/09/2018

नवीन लुइटेल /काठमाडौं।

दान धर्म गर्दै काठमाण्डौ लगायत नेवार वस्ति रहेका देशका विभिन्न स्थानमा शुक्रबार पञ्चदान पर्व मनाइएको छ । हरेक वर्षको भाद« कृष्ण त्रयोदशी अर्थात गुँलागा त्रयोदशीमा मनाइने सो पर्वमा बिहानैदेखि घरघरमा गौतम बुद्धको मूर्ति वा तस्वीरमा पूजा गरीएको छ । नेवार समुदायका बौद्ध धर्मावलम्बीहरुले पुजा आजा पछि आफ्नो घर आँगनमा भिक्षा माग्न आएका वज्राचार्य गुरुलाई बुद्धको स्वरुप मानी विभिन्न किसीमका दान दिइएको छ । आफु मात्र लिने नभइ अरुलाई पनि दिने प्रवृत्तिको उदाहरणको रुपमा यो पर्वलाई लिने गरिन्छ ।

बज्र्राचार्य तथा शाक्यहरुलाई चामल, धान, गहुँ, सानो केराउ, नुन, रोटि आदि दान गरी यो पर्व मनाइने परम्परा रहेको बुढापाकाको भनाइ छ । बिहानै घरमा चोखो बनी खीर, मालपुवा आदि मिठाइ पकाई गौतम बुद्धलाई चढाएर मात्र घरका अन्य परिवारले खीर भोजन गरेका छन् । यस दिन माछामासु खान नहुने जनविश्वास छ । पञ्चदानका अवसरमा नेपाल परम्परागत बौद्धधर्म सङ्घ सामूहिक पञ्चदान कार्यक्रम मूल समारोह समिति २०७५ ले सामूहिक रुपमा गुरु बज्राचार्य, गुरुमा र शाक्यभिक्षुहरुलाई पञ्चदान गरेको छ ।

यसरी दान गर्दा बहा बही अथवा घरका आगनमा दीपंकर बुद्धका मुर्ति , देवदेवी तथा पौवा चित्र सजाएर पन्चदान गर्ने परम्परा रहेको संस्कृतिविद सुवर्ण शाक्य बताउछन् र्। स्वार्थमा रुमलिएको मानवलाई त्याग गरेर अरुलाई पनि बाडौँ भन्ने संस्कतिको विकास यो पर्वले गरेको छ , संस्कृतिविद शाक्यले भने र्, दान गरेको खण्डमा दुख कष्ट नाश भई सुख शान्ति मिल्ने विश्वास छ । बुद्ध धर्मका विभिन्न सिदान्तमा दान पनि महत्वपुर्ण भएकाले दान गरिने तर्क अर्का संस्कृतिबिद् प्रा डा नरेश बज्राचार्यको छ र्। बुद्ध धर्मको अभ्यासमा दान नभइ हुन्न, उनले भने र्, दान वीना मानिसको सच्चा चरित्र देखीदैन । उनका अनुसार ९ –१० वर्ष पहिले पन्चदान पर्व लोप हुन लागेपनि अहिले सबै बृद्धिजिवीहरुले मिलेर सामाजिक चाडका रुपमा मनन गर्दै सामुहिक रुपमा मनाउन थालिएको छ ।

दानबाट उठेको रकम लुम्बिनीमा बन्दै गरेको विहारका लागि सहयोगी हुने बज्राचार्यले बताए । बज्रयान बौद्धविहार र वैरोचन विहार पुनःनिर्माणमा खर्च हुने जानकारी दिए । दानका नाममा अनावश्यक वस्तु पनि दान गर्नाले धर्म र संस्कृतिमा नकारात्मक असर पर्न सक्छ , संस्कृतिबिद् शाक्यले भने र्, कतै कतै रक्सि पनि दान गर्छन् , जसले संस्कृतिमा नकारात्मक असर पर्न सक्छ । पन्चदानका अवसरमा काठमाण्डौको स्वयम्भूमा विशेष मेला लाग्दैछ । त्यहाँ पुगेका बौद्ध धर्मावलम्बिहरले पन्चदान गरेका थिए । पन्चदानको अघिल्लो रात स्वयम्भुमा छायाँ दृश्य हेर्ने गरिन्छ । त्यहाँ रहेको स्वयम्भुको छायाँ बादलमा पुग्ने विश्वास छ । दान ग्रहण गरिसकेपछि दान दिनेलाई यश, ज्ञान, सन्तान, सुख र आयु वृद्धिको कामना गर्ने प्रचलन छ ।

(Visited 1 times, 1 visits today)