बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

गोर्कणमा श्राद्ध गर्नेको भिड

1 month ago
10/09/2018

नवीन लुईटेल /काठमाडौं ।

काठमान्डौँको गोर्कणमा पीतृ मोक्षका निम्ति श्राद्ध गर्ने र स्नान गर्नेहरुको आइतबार भिड लागेको छ । आइतबार विहानैदेखी आफ्ना पीतृहरुको नाममा जल , अन्न र पीण्ड दान गर्नेको भिड लागेको हो । गोर्कणमा वरपरका मात्र नभई टाढा टाढाबाट पनि भक्तजनहरु ऋाउने गरेका छन् । आफुलाई जन्म दिने बाबुको संझनामा हज्जारौँ पुरुष महिला त्यहाँ भेला भएका हुन् । उत्तर गयाका रुपमा परिचित गोर्कणमा भाद्र कृष्ण औशीका दिनमा आफ्ना पीता नहुनेहरुले श्राद्ध गर्नु धार्मीक संस्कृतिमा उत्तम मानिन्छ । देशका विभिन्न भागबाट आएका लाखौँ भक्तजनले गोर्कण आएर पीतृ तर्पण , श्राद्ध एवं सिदा दान गरेको मन्दिरका पुजारी जगदीश भट्टले जानकारी दिए । पौष कृष्ण औँशीको गया औशीमा पनि त्यहाँ श्राद्ध गर्ने चलन छ । बिहान ८ बजेसम्म मघा तिथि रहेकाले त्यसपछि तीर्थ श्राद्ध गर्नेको भिड बढेको उनले बताए ।


गोर्कण मन्दिर देखी १ किलामिटर उत्तरमा रहेको बाग्मती नदिको किनारमा श्राद्ध गर्नेको घुईचो लागेको श्राद्ध गराउन त्यहाँ पुगेका पंडित मुरारी गौतमले जानकारी दिए र्। कोही वरपरको बाँझो खेतमा , कोही बाटोमै तथा कोही खोला किनारमा बसेर श्राद्ध गरेका छन् , उनले भने र्, गोर्कणे औशीँ अर्थात कुशे औशीँका दिन आज यहाँ धेरै ब्यक्तिहरुको भिड रह्यो । त्यस क्षेत्रमा बाग्मती नदि उत्तरपट्टि फर्केर बगेको छ । कपाल खप्रिएका , धोती फेरेर श्राद्ध गर्न बसेकाहरुको संख्या धेरै छ , स्थानिय रमेश पौडेलले भने , धर्म प्रतिको आस्था घटेको छैन , पीतृ औशीका दिन आफ्ना बुबालाई संझेर पनि यहाँ आउने गर्छन् ।

पहिलेको तुलनामा बाग्मती नदिको पानी सफा भएकाले पनि धेरै जनाले निर्धक्क भएर जलको प्रयोग गरेका छन् । महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धले जोरपाटी चोकबाट सुन्दरीजलतर्फ चल्ने सवारीसाधनलाई जोरपाटीबाटै फर्काइदिएपछि भक्तजन र यात्रु लामो दूरीसम्म पैदल यात्रा गर्न बाध्य भएका थिए । आइतबार औशीका दिन बाबु नहुनेले त्यही ब्राम्हणलाई सिदा दान पनि गरेका छन् । हिन्दु धर्म परम्परामा जल दान र अन्न दानको विशेष महत्व रहेको हुन्छ । महिलाहरुले पनि आफ्ना बाबाको संझनामा नदिको जल चढाई , शुद्ध भएर ब्राम्हण तथा कन्या कुमारीलाई भोजन गराएका छन् ।
त्यहाँ पौष गया औशीका दिन दशैँ अघिको सोह« श्राद्धमा श्राद्ध गर्न छुटेका या रोकिएकाहरुले श्राद्ध गर्ने चलन छ । जुठो , सुतक लगायत अन्य कारणले रोकिएका श्राद्ध तिहारमा पर्ने गाइतिहारे औशीँमा गर्ने र त्यबेलापनि रोकिए पौष गया औशीँमा गर्ने परम्परा छ ।

काठमान्डौ , लतिपुर र आसपासका वासिन्दाले बिहीबार गोकर्णमा गई श्राद्ध तथा तपर्ण गरेका छन् । उत्तरगयाका रुपमा परिचित गोकर्णेश्वर महादेवको थानमा श्राद्ध गरी पिण्डदान गर्नाले त्यसले मातृकुल, पितृकुल, बन्धु–ससुराली कुलादि सय कुलको उद्धार हुने धार्मिक विश्वास रहि आएको छ ।
गोर्कणमा श्राद्ध गर्नु भारतको काशीको गयामा श्राद्ध गर्नु सरह फल मिल्ने धार्मिक विश्बास रहेको संस्कृतिविदहरु बताउछन् । चन्द्रमती, सूर्यमती र वाग्मतीको सङगम त्रिवेणी तीर्थमा स्नान गरी विधिपूर्वक श्राद्ध र पिण्डदान गरी भगवान् गोकणर््ँेाश्वर महादेव र हनुमानको दर्शन गर्नाले पितृहरु मुक्त हुन्छन् ।
पुराणमा उल्लेख भए अनुसार पिताहरुको स्मरण्ाँमा मान सम्मान र मृतात्माको मंगलको कामना गर्दै धुन्धुकारीजस्तो पुत्र होइन गोकणर््ँाजस्तो पुत्रको कामना गरीएको छ । यसैगरी औशीका दिन बाबु नहुनेले ब्राम्हणलाई सिदा दान पनि गरेका छन् । हिन्दु धर्म परम्परामा जल दान र अन्न दानको विशेष महत्व रहेको हुन्छ । गया औँशीमा आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकोमा बाबुप्रति कृतज्ञता ज्ञापन गरी सम्मान गरे , राम्रो फल मिल्ने विश्वास छ ।यहि दिन तिथी पत्ता नलागेका पीतृहरुको पनि श्राद्ध गर्ने चलन छ ।

बुबाको सम्मान, कुश भित्राइयो

मिठा मिठा खानेकुरा तथा विभिन्न उपहार दिएर आइतबार बुबाको मुख हेर्ने दिन मनाइएको छ । पितृ औँशी तथा गोर्कण औँशीको नामले समेत चिनीने यस दिन आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकोमा बाबुप्रति कृतज्ञता ज्ञापन गरी सम्मान गरे , राम्रो फल मिल्ने विश्वास छ । शहर बजारमा फलफुल तथा मिठाई पसलमा चहलपहल बढेको छ । देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश बिहीबार घर–घरमा भित्र्याइएको छ ।
हरेक वर्षको भाद्र कृष्णऔँसीका दिन मनाइने कुशे औँसीका दिन ब्राह्मणद्वारा बिधिपूर्वक कुश काट्ने गरिन्छ । यस दिन ब्राम्हणद्धारा काटिएको कुशलाई घरमै राख्ने र आफ्ना जजमान कहाँ लगिदिने चलन छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने , सुख शान्ति मिल्ने धार्मिक विश्वास छ । यस दिन काटेको कुश वर्षदिनभरी गरिने पीतृ तथा देवकर्मका लागि प्रयोग गर्ने चलन छ ।

कुशको औंठी , कुशका देवता र कुशका ब्राम्हण र कुशकै आसन धार्मीक कर्ममा अनिवार्य छ । धर्म , संस्कृतिसँग मात्रै नभई कुशको वातावरणीय तथा स्वास्थ्यका दृष्टिकोणले पनि बेग्लै महत्व रहेको सम्बन्धित विज्ञहरुले बताएका छन् । संस्कृतिविद् डा विणा पौडेलका अनुसार कुश भएका स्थानमना कीरा फट्याङ्ग्रा नजाने, कुशलाई पानीमा पकाएर खाए स्वास्थ्य राम्रो हुने विश्वास छ । यस्तै विभीन्न आर्युवेदिक औषधीमा समेत यसको प्रयोग गर्ने गरिएको पाइएको छ । यस्तै गाउँघरमा दूध नफाटोस् भनेर कुश राख्ने प्रचलन पनि छ ।