सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

एपीएफ र चितवनको विजयी शुरुवात

7 months ago
16/09/2018

राजधानी समाचारदाता/काठमाडौं ।

विभागीय नेपाल एपीएफ क्लब र चितवन टाइगरले राजधानीमा शनिबारबाट शुरु भएको पाँचौं संस्करणको ढोरपाटन एम १५० खुल्ला पुरुष भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शनिबार भएको समूह ‘बी’ को खेलमा एपीएफले ग्ल्यासियर कलेजमाथि ३–० को सहज जित निकाल्दै विजयी शुरुवात गरेको हो । एपएिफले ग्ल्यासयमाथि २५–१०, २५–१४ र २५–१४ को सहज जित निकाल्यो ।

समूह ‘डी’ को खेलमा चितवन टाइगरले धादिङमाथि २५–२२, २५–९ र २५–५ को सहज जित निकाल्यो । चितवन टाइगर अन्तिम समयमा मात्र प्रतियोगितामा समावेश भएको टोली हो । समूह ‘डी’ मा स्प्रिङडेल स्कुलले नाम फिर्ता लिएपछि आयोजकले चितवन टाइगरलाई समावेश गरेको थियो । समूह ‘सी’ को खेलमा थ्री स्टार एकेडेमीले नेपाल छन्त्याल संघमाथि ३–१ को रोमाञ्चक जित निकाल्यो । प्रतिस्पर्धात्मक बनेको खेलमा थ्री स्टारले पहिलो सेट २५–१३ ले जितेपनि दोस्रो सेट २३–२३ ले गुमाएको थियो । तर, त्यसपछिको दुवै सेट २५–२२ र २७–२५ को जित निकाल्यो । अर्काे खेलमा गीतान्जली कलेजले एन्जल्र्स हर्टमाथि २५–१३, २५–१४ र २५–२० को सहज जित निकाल्यो ।

प्रतियोगिताको उद्घाटन नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्माले गरेका थिए । प्रतियोगिता अन्तर्गत आइतबार पाँच खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा थ्री स्टार र बुढानिलकन्ठ, गीतान्जली बेल्कु धादिङ, नेपाल छन्त्याल र सुर्यदीप कलेज, एपीएफ र बडिगार्ड गाउपालिका बाग्लुङ र बेल्कु घादिङ र एन्जल हर्ट कलेजबीच खेल हुनेछ ।

लिग कम नकआउटको आधारमा भैरहेको खेलमा १६ टिमको सहभागिता रहेको छ । १६ टोलीलाई ४ समूह विभाजन गरिएको छ । हरेक समुहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ । फाइनल खेल ६ असोजमा हुनेछ । प्रतियोगिताको विजेताले १ लाख रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले ६० हजार र तेस्रो हुने टिमलाई ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । ब्यक्तिगत विधा अन्तर्गत स्पाईकर, ब्लकर, क्वीक, डिफेन्डर, सर्भर, लिफ्टर र प्रशिक्षकलाई ५ हजार प्रदान गरिने छ । प्रतियोगितामा एक जना दर्शकलाई स्कुटर, ८ जना दर्शकले इजी टिसर्ट र अन्य ८ दर्शकले डाइमन्ड मोबाइल पाउनेछन् ।

(Visited 10 times, 1 visits today)
Loading comments...