सोमवार ९ बैशाख, २०७६ (Monday, 22nd April 2019)
९ बैशाख, २०७६ (22 April 2019)

एपीएफ र थ्री स्टार अपराजित

7 months ago
17/09/2018

राजधानी समाचारदाता/काठमाडौं।

विभागीय नेपाल एपीएफ क्लब र थ्री स्टार एकेडेमीले पाँचौं ढोरपाटन एम १५० खुल्ला पुरुष भलिबल प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आइतबार भएको खेलमा एपीएफले बाग्लुङको बर्डिगार्ड गाउपालिकालाई ३–१ को सेटमा पराजित ग¥यो । पहिलो सेटमा २५–१९ को सहज जित निकालेको एपीएफले दोस्रो सेट २३–२५ ले गुमाएको थियो । तर, त्यसपछि दुवै सेट एपीएफले २५–१४ र २५–१९ को सहज जित निकाल्यो । एपिएफको यो लगातार दोस्रो जित हो ।

आइतबारै थ्री स्टार एकेडेमीले बुढानिलकन्ठमाथि ३–१ को जित निकाल्दै लगातार दोस्रो जित निकालेको छ । थ्री स्टारले पहिलो र दोस्रो सेट २५–१५ र २५–१२ ले जितेको थियो । तेस्रो सेट १९–२५ ले गुमाएपनि चौथो सेटमा २५–१५ को सहज जित निकाल्यो । थ्री स्टारको पनि यो दोस्रो जित हो । अर्काे खेलमा नेपाल छन्त्याल संघले सुर्यदीप कलेजमाथि २५–१२, २५–२१ र २५–२२ को सहज जित निकाल्यो । गीतान्जली कलेजले वेल्कु धादिङमाथि २५–१०, २५–५ र २५–१० को सहज जित निकाल्यो । एन्जल हर्टले बेल्कु धादिङबाट वाकओभर पाए ।

प्रतियोगिता अन्तर्गत सोमबार पाँच खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा गन्डकी प्रदेश र धादिङ, नेपाल छन्त्याल र बुढानिलकन्ठ, ढोरपाटन ‘बी’ र ग्ल्यासियर कलेज र गनडकी प्रदेश र चितवन टाइगरबीच खेल हुनेछ ।

हरेक समुहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ । फाइनल खेल ६ असोजमा हुनेछ । प्रतियोगिताको विजेताले १ लाख रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले ६० हजार र तेस्रो हुने टिमलाई ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । व्यक्तिगत विधा अन्तर्गत स्पाईकर, ब्लकर, क्वीक, डिफेन्डर, सर्भर, लिफ्टर र प्रशिक्षकलाई ५ हजार प्रदान गरिने छ । प्रतियोगितामा एक जना दर्शकलाई स्कुटर, ८ जना दर्शकले इजी टिसर्ट र अन्य ८ दर्शकले डाइमन्ड मोबाइल पाउनेछन् ।

 

(Visited 8 times, 1 visits today)
Loading comments...