बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

एचआईभी भक्तपुर घोषणपत्र जारी

12 months ago

भक्तपुर/रास– एचआईभी भक्तपुर घोषणापत्र जारी गरिएको छ । एचआईभी र लागूऔषध पुनःस्थापनाको काम गर्दै आएको सुरुवात नामक संस्थाले भक्तपुरमा आयोजना गरेको एचआईभी संक्रमित व्यक्ति र लक्षित समुदायको आयआर्जनका लागि गैरसरकारी सहायता राष्ट्रिय सम्मेलन २०७५ ले उक्त घोषणापत्र जारी गरेको हो ।

देशभरका १० वटा एचआईभीसँग काम गर्ने संस्था र विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने ३५ जना एचआईभी संक्रमितहरूको भेलाले एचआईभी घोषणपत्र जारी गरेको हो । घोषणपत्रमा संक्रमितमा न्यून आय को घेरा सामाजिक र आर्थिक विकासमा जोड दिने, स्थानिय स्रोत तथा साधनको प्रयोग गरी आत्मनिर्भरताका लागि कृषि तथा अन्य आयआर्जनको विषयलाई जोड दिने, सीप विकासका कार्यक्रमहरू थालनी गर्ने र आत्मनिर्भरता बनाउन दिगोपनाको सुनिश्चितता गर्न बहुपक्षीय सहकार्यका लागि सबैमा अपिल गर्नेलगायत छन् ।

(Visited 7 times, 1 visits today)
Loading comments...