शनिवार ९ चैत्र, २०७५ (Saturday, 23rd March 2019)
९ चैत्र, २०७५ (23 March 2019)

एलआरआई र रातो बंगला फाइनलमा

6 months ago
23/09/2018

काठमाडौं÷रास– एलआरआई र रातो बंगला प्रथम ओसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत गल्र्सको थ्री बाइ थ्रीतर्फ शनिबार फाइनलमा प्रवेश गरेका छन् । ढोलाहिटीस्थित आयोजक ओसिस स्कुलको कोर्टमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा एलआरआईले विल्सन एकेडेमीलाई ६–५ ले पराजित ग¥यो । एलआरआईको जितमा सम्भव सबै ६ स्कोर सोनिया राणाले गरिन् । दोश्रो तथा अन्तिम सेमिफाइनलमा रातो बंगलाले ग्रामरलाई २०–७ ले हरायो । ब्वाइजमा होप भ्याली र विल्सन एकेडेमीले यसअघि नै उपाधि भिडन्त पक्का गरिसकेका छन् । सेमिफाइनलमा होप भ्यालीले एलआरआईलाई ४८–४६ तथा विल्सनले किस्कलाई ६०–५५ ले पाखा लगाएका थिए । दुवै समूहको फाइनल आइतबार हुनेछ ।

(Visited 8 times, 1 visits today)
Loading comments...