सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

क्यानाडामा राजुलाई कांस्य

6 months ago
23/09/2018

काठमाडौं÷रास– राजु नगरकोटीले क्यानाडा ओपन जी वान अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् । क्यानाडाको भ्यानकुभरस्थित रिच्मन्ड ओलम्पिक ओभलमा भएको प्रतियोगिताको ५० वर्षमुनि पुरुष एकल पुम्सेमा राजुले कांस्य जितेका हुन् । राजु सहभागी स्पर्धामा ९ राष्ट्रका खेलाडी सहभागी थिए ।

नुवाकोट स्थायी घर भएका राजु विगत १७ वर्षदेखि मकाउमा कार्यरत छन् । राजु नेपाल आर्मीका छैटौं ब्याचका तेक्वान्दो खेलाडी हुन् । राजुले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर नेपाल राष्ट्रको झन्डा फरफराउन पाउँदा खुशी लागेको बताउदै आगामी दिनमा पनि राष्ट्रका लागि अझ धेरै पदक जित्न प्रयासरत रहने बताए ।

 

(Visited 6 times, 1 visits today)
Loading comments...