सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

धनगढीमा निष्ट लिटिल फ्लावर प्रिमियर लिग हुने

6 months ago

धनगढी/रास–धनगढीमा निष्ट लिटिल फ्लावर प्रिमियर लिग हुने भएको छ । पहिलो र दोस्रो संस्करणपछि संस्कार क्रिकेट एकेडेमी काठमाडौंले कात्तिक २७ गतेदेखि धनगढीमा निष्ट लिटिल फ्लावर प्रिमियर लिग आयोजना गर्न लागेको हो ।

शनिबार धनगढीमा पत्रकार सम्मेलन मार्फत एकेडेमीले प्रतियोगिताबारे जानकारी दिएको हो । प्रदेश ७ अस्थायी राजधानी धनगढीस्थित संघीय प्रहरी कार्यालयको खेल मैदामा हुने प्रतियोगितामा देशभरका १६ वटा विद्यालयको सहभागिता रहने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले बताए । प्रतियोगितामा सम्वन्धित विद्यालयका विद्यार्थी खेलाडी बाहेक ५ जना बाहिरबाट १९ वर्ष मुनिका खेलाडी समावेश गर्न पाइने छ ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिने शाहीले जानकारी दिए ।

प्रत्येक खेलको म्यान अफ द म्याच अन्तर्गत लिग चरणमा प्रति खेल नगद एक हजार, नकआउट चरणमा प्रति खेल नगद एक हजार ५ सय र फाइनलमा नगद २ हजार ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने छ ।

 

(Visited 4 times, 1 visits today)
Loading comments...