आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

ग्रासरुट फुटबलमा आकर्षण

8 months ago
23/09/2018

कृष्ण सिग्देल/सिमरा ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को ‘ग्रासरुट फुटबल’ मा बालबालिकाको आकर्षण बढ्न थालेको छ । स्कुले बालबालिकालाई फूटवलमा सहभागी गराउने र दक्ष खेलाडी उत्पादन गर्ने एन्फाको चार वर्षे कार्यक्रमको सुरुवातमै बालबालिकाको उत्साहजनक सहभागिता देखिएको छ ।

बारा जिल्ला फुटवल संघको आयोजनामा सिमरामा रंगशालामा भैरहेको ग्रासरुट फुटबलमा १६ विद्यालयका झण्डै दुई सय विद्यार्थीले एकसाथ प्रशिक्षण लिईरहेका छन् । ग्रासरुट फुटवल संयोजक एवम् जिल्ला फूटवल संघका बरिष्ठ उपाध्यक्ष रामचन्द्र लामाले सोचेभन्दा बढी बालबालिकाको सहभागिताले आफूहरु समेत उत्साहित भएको बताए ।

ग्रासरुट फूटवलमा आठ बर्षदेखी १३ बर्षसम्मका बालबालिकालाई सहभागी गराइएको लामाले जानकारी दिए । चार वर्षसम्म सञ्चालन हुने कार्यक्रमको अहिले अभ्यास भईरहेको र औपचारिक रुपमा सुरुवात गरिएपछि प्रशिक्षणलाई अघि बढाईने लामाको भनाई छ । ‘अहिले हामी दोस्रो हप्तामा छौ । यो सहभागिताले हामीलाई हौसला मिलेको छ ।’ लामाले भने, ‘विद्यालय र अभिभावक समेत उत्साहित छन् । अब यो कार्यक्रमलाई ब्यवस्थित बनाएर अगाडी बढाउछौ ।’

ग्रासरुट फूटवल प्रशिक्षणका लागि प्रशिक्षक कृष्णमणी चौधरीसहित जिल्ला फुटवल संघका १० जनाभन्दा बढी प्रतिनिधिले सहयोग गरिरहेका छन् ।

 

(Visited 14 times, 1 visits today)
Loading comments...