सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

एनी र अश्लेषा क्वाटरफाइनलमा

6 months ago
23/09/2018

काठमाडौं/रास– एनी माथेमा र अश्लेषा लिसानोभिचले वर्सेटेनर ललितपुर जिल्ला राष्ट्रिय खुला टेनिस प्रतियोगिताको महिला सिंगल्स्तर्फ क्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबारबाट शुरु भएको प्रतियोगितामा एनीले भगवती विकलाई २–१ को सेटमा पराजित गरिन् । पहिलो सेट १–६ ले गुमाएपनि दोस्रो र तेस्रो सेट क्रमशः ६–४ र ७–६ को जित निकालिन् । यस्तै अश्लेषाले इन्द्रकला श्रेष्ठलाई भने ६–०, ६–१ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भइन्

पुरुष एकलतर्फ निक रासट्रपले सम्यकभूषण वज्राचार्यलाई ६–१, ६–० ले हराएर दोस्रो चरणमा प्रवेश गरे । अन्य खेलमा आइभानहोइ लिसानोभिचले मुकिन थापालाई ६–०, ६–१ ले र भिष्मजंग गुरुङले इभाक जोशीलाई ६–४, ६–४ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे ।

जावलाखेल डिस्टिलरी इन्डस्ट्रिजका सिनियर लिगल अफिसर गुरुप्रसाद अधिकारी, नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणा र ललितपुर जिल्ला टेनिस संघका अध्यक्ष दिपक कार्कीले टेनिस संघका टेक्निकल अफिसर कृष्णराज घले र सूर्यभूषण बज्राचार्यलाई बल दिएर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

(Visited 12 times, 1 visits today)
Loading comments...