आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

नेपालले मलेसियासँग खेल्दै

8 months ago
23/09/2018

काठमाडौं/रास– एएफसी यु–१६ महिला च्याम्पियनसिप अन्र्तगतको समूह ‘ईं’ को छनोटको अन्तिम  खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । खेल हल्चोकस्थित एपीएफको खेल मैदानमा नेपाली समयअनुसार दिउसो ३ः३० बजेपछि शुरु हुनेछ ।

पहिलो खेलमा फिलिपिन्ससँग ४–० ले पराजित भएको नेपाल दोस्रो खेलमा म्यानमारसँग ११–१ को फराकिलो अन्तरले पराजित भएको थियो ।

नेपाल समूहको अन्तिम खेलमा मलेसियालाई पराजित गर्दै छनोटमा सान्त्वना जितको खोजीमा हुनेछ । यता मलेसिया पनि छनोटमा जितविहिन रहेकाले पहिलो जितको खोजीमा हुनेछ । यो समूहबाट म्यानमार र फिलिपिन्स दोस्रो चरणा प्रवेश गरिसकेका छन् ।

आज नै समूह विजेताको छनोफानो लगाउन म्यानमार र फिलिपिन्सबीच दिउसो १२ः३० बजे खेल हुनेछ । म्यानमार बराबरीले पनि समूह विजेताको रुपमा अघि बढ्नेछ । हारले भने उपविजेताको रुपमा अघि बढ्नेछ ।  समूह ‘इ’ को छनोटमा आयोजक नेपालसहित मलेसिया, म्यानमार र फिलिपिन्स रहेको छ । हरेक समूहका शीर्ष दुई टोलीले सन् २०१९ मा थाइल्यान्डमा आयोजना हुने एएफसी यु–१६ प्रतियोगितामा स्थान बनाउनेछ ।

(Visited 4 times, 1 visits today)
Loading comments...