सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

भारत र पाकिस्तान विजयी

6 months ago
23/09/2018

एजेन्सी/दुबई ।

उपाधिको दावेदार भारत र पाकिस्तान एसिया कप क्रिकेटअन्र्तगतको सुपर फोरमा विजयी भएका छन् । सुपर फोरको पहिलो खेलमा भारतले बंगलादेशलाई तथा पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेको हो ।

भारतले बंगलादेशमाथि ७ विकेटको जित निकालेको हो । बंगलादेशले दिएको १ सय ७४ रनको मध्यम लक्ष्य भारतले ३६ ओभर २ बलमा ३ विकेट गुमाएर पुरा ग¥यो । भारतको सहज जितमा ओपनर रोहित शर्माले नटआउट ८३ रनको योगदान दिए । उनले १ सय ४ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरे । रोहितले शिखर धवनसँग मिलेर पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै जितको आधार खडका गरेका थिए । धवनले ४७ बल खेल्दै ४ चौका र १ छक्कासहित ४० रन जोडे । महेन्द्रसिंह धोनीले ३३ रनको योगदान दिदा अम्वाती रायडुले १३ रन जोडे । बंगलादेशका मसर्फी मोर्टाजा, शकिब अल हसन र रुबेल हुसेनले समान १–१ विकेट लिए । यसअघि दुवईं अन्रर्ताष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले ४९ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ७३ रनमात्र बनायो । खराव शुरुवात गरेको बंगलादेशका लागि तल्लो क्रमका मेहदी हसनले सर्वाधिक ४२ रन जोडे । कप्तान मोर्टाजाले २६ रन तथा ममुदुल्लाहले २५ रन बनाए । मुसफिकर रहिमले २१ रन बनाए । शकिव अल हसनले १७ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेन । भारतका रविन्द्र जडेजाले ४ विकेट लिए । जसप्रित बुमराहा र भुवनेश्वर कुमारले समान ३–३ विकेट लिए ।

यस्तै शुक्रबार राति नै भएको अर्काे खेलमा पाकिस्तानले अफगानिस्तानमाथि ३ विकेटको रोमाञ्चक जित निकाल्यो । अफगानिस्तानले दिएको २ सय ५८ रनको लक्ष्य पाकिस्तानले ३ बल बाँकी रहँदा ७ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । पाकिस्तानको जितमा इमान उल हकले सर्वाधिक ८० रन जोडे । यस्तै बबर अजमले ६६ रन तथा सोएव मल्लिकले ५१ रनको अविजित अर्धशतकीय इनिङ्स खेले । हरेस सोहेल १३ तथा मोहम्मद नवाजले १० रन जोडे । अफगानिस्तानका रसिद खानले ३ तथा मुजिव रहमानले २ विकेट लिए । गुल्वादिनले १ विकेट लिए ।

यसअघि शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५७ रनको सम्मानजनक योगफल तयार पारेको थियो । उसका लागि हस्मतुल्लाह शाहिदीले अविजित ९७ रनको योगदान दिएका थिए । असगर अफगनले ६७ रन जोडेका थिए । रमत साहले ३६ रन बनाए ।

मोहम्मद साजतले २० तथा इसनुल्लाह र गुल्वादिन नेइवले समान १० रन बनाएका थिए । पाकिस्तानका लागि मोअहमद नवाजले ३ विकेट लिए । युवा बलर शाहिन अफ्रिदीले २ विकेट तथा हसन अलीले १ विकेट हात पारे ।

 

(Visited 15 times, 1 visits today)
Loading comments...