सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

ढोरपाटन पुरुष भलिबलमा एपीएफ च्याम्पियन

6 months ago
23/09/2018

राजधानी समाचारदाता/काठमाडौं ।

विभागीय नेपाल एपीएफ क्लब पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । एपीएफले एकपक्षीय बनेको फाइनल खेलमा गन्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा एपीएफले पहिलो सेटमा २५–१९ को सहज जित निकाल्दै जितको आधार देखाएको थियो । दोस्रो सेट २५–१६ ले सहजै जितेको एपीएफले तेस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो । आयोजक ढोरपाटन क्लबलाई ३–० को साmेभे सेटमा पराजित गर्दै गीतान्जली कलेजले तेस्रो स्थान हात पा¥यो । प्रतिस्पर्धात्मक बनेको खेलमा गीतान्जलीले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । रोमाञ्चक बनेको दोस्रो सेट गीतान्जलीले ३०–२८ ले जित्न सफल हुदा तेस्रो सेटमा २५–१५ को सहज जित निकाल्यो ।

उपाधिसँगै एपीएफले १ लाख रुपैया प्राप्त ग¥यो । दोस्रो स्थानमा चिक्त बुझाएको गन्डकी प्रदेशले ६० हजार रुपैया प्राप्त ग¥यो । यस्तै तेस्रो भएको गीतान्जलीले ३५ हजार रुपैया प्राप्त ग¥यो । एपीएफका कप्तान महेन्द्र श्रेष्ठ प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । महेन्द्रले एक थान युएम मोटरसाइकल प्राप्त गरे । एपीएफका टेकराज अवस्थी उत्कृष्ट स्पाइकर घोषित भए । एपीएफकै  दिनेश गिरी उत्कृष्ट सेटर घोषित भए । गन्डकी प्रदेशका कप्तान हरि पान्डे उत्कृष्ट क्वीकर र राजन दर्लामी मगर उत्कृष्ट डिफेन्स चुनिए । गीतान्जली कलेजका दौलत सिंह उत्कृष्ट सर्भर घोषित भए । एपीएफका ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्षक चुनिए । व्यक्तिगत विधाका सबै उत्कृष्टले जनही ५–५ रुपैया प्राप्त गरे । प्रतियोगिताको विजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, महासचिव जितेन्द्र बहादुर चन्द, आयोजक ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्याललगायतले पुरस्कृत गरे ।  यस्तै नेपाल भलिबल संघका अध्यक्ष मनवीर छन्त्यालले टिकट काटेर खेल हेर्न आउने र गोलप्रथाबाट छानिने भाग्यशाली एक जना दर्शकलाई दिइने भनिएको एक थान स्कुटर १३ असोजमा हुने २ ‘ए’ साइड भलिबल प्रतियोगिताको समापनको अवसरमा प्रदान गरिने बताएको छ ।

यति ब्रुअरी प्रालिको उत्पादन इनर्जी ड्रिंङ्स एम–१५० ले मुख्य प्रायोजन गरेको प्रतियोगितामा विभिन्न १६ टिमले सहभागिता जनाएको थियो । लिग कम नकआउटको आधारमा भएको प्रतियोगिता ३० भदौंबाट शुरु भएको थियो । पुरुष  भलिबलमा बलियो मानिएको विभागीय त्रिभुवन आर्मी क्लब आन्तरिक प्रतियोगिता र नेपाल पुलिस क्लबले प्राविधिक कारणले प्रतियोगितामा सहभागिता जनाएको थिएन ।

 

(Visited 11 times, 1 visits today)
Loading comments...