सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

बालिका बलात्कृत

2 months ago

भोजपुर/रास– पानी फर्काउन गएकी बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय भोजपुरले एक युवकलाई पक्राउ गरेको छ ।

बलात्कार अभियोगमा प्रहरीले  भोजपुर नगरपालिका–१ डाँडा बोखिमका २५ वर्षीय मदन कुमार राईलाई पक्राउ गरेको हो । आरोपी राईले गत २ असोजको साँझ घरको लागि पिउने पानी फर्काउन गएकी १५ वर्षीय बालिकालाई बारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाले दिएको किटानी जाहेरीको आधारमा आरोपी राईलाई  गत बिहीबार पक्राउ गरी ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी चरित्र विक्रम कार्कीले जानकारी दिए ।

पीडित बालिकाको उजुरीमा आफूलाई लछारपछार गरी मुख थुनेर बारीमा लगेर करणी गरेको उल्लेख छ ।