सोमवार ५ कार्तिक, २०७५ (Monday, 22nd October 2018)
५ कार्तिक, २०७५ (22 October 2018)

प्रबासी नेपाली मंच र नेपाली जनप्रगतिशिल मंच कतारको एकता अन्तिम तयारी

3 weeks ago
29/09/2018

दोहा/कतार

प्रबासी नेपाली मंच कतार र नेपाली जनप्रगतिशिल मंचको सयुक्त कार्यदलको बिशेष बैठक २६ सेप्टेम्बर बुधबार दोहाको गोर्खा रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। दुई सगठन कार्यदलको विशेष बैठकमा प्रबासी नेपाली मंचबाट सिफारिस अध्यक्ष चानक पोख्रेल र नेपाली जनप्रगतिशिल मंचले सयोजक रकमध्वज राईलाई नेकपा को नयाँ प्रबास सगठन प्रबासी नेपाली एकता मंच कतार सयोजकमा सिफारिस गरेका छन । त्यस्तै सचिबमा मोहन कार्की सिफारिसमा रहेका छन ।

सर्बसम्मतको लागि धेरै प्रयास भएको थियो। सर्बसम्मत नभएपछि एक सयोजक एक सचिब चुनिदिन केन्द्रिय कार्यलय काठमाडौमा सिफारिस सहित आग्रह गरेको कुरा कार्यदलका सयोजक शनिकुमार वोलिले बताएका छन। नेकपा को केन्द्रिय बिशेष परिपत्र अनुशार प्रबास संगठनका लागि एकजना सयोजक र एकजना सचिब चुनिनु पाउने केन्द्रिय निर्देशनमा रहेको छ । नेपालमा पार्टी एकता सगै विभिन्न जिल्ला तह, प्रदेश, जनबर्गिय सगठन हरुको एकता भैरहदा प्रबासमा एकताको प्रक्रिया जारी रहेको छ। कतारमा पनि एकता प्रक्रिया अन्तिम तयारीमा रहेको कुरा कार्यदल सयोजक वोलिले बताएका छन।