सोमवार ६ श्रावण, २०७६ (Monday, 22nd July 2019)
६ श्रावण, २०७६ (22 July 2019)

रेखाले भनिन् ‘मेरो फिल्म हेर्न पाएको भए निर्मला बाँच्ने थिईन् (ट्रेलर सहित)

10 months ago
30/09/2018


राजधानी समाचारदाता, काठमाडौ । फिल्मको प्रचार प्रसार खप्पिस मानिने रेखा थापाले आफ्नो नयाँ फिल्म मालिका महिला शसक्तिकरणका लागि दरिलो खुराक भएको दावी गरेकी छिन् ।
आईतवार राजधानीमा आयोजित टे«लर रिजिल कार्यक्रममा रेखाले भनिन् ‘यदि मेरो फिल्म दुई तीन महिना अघि रिलिज भएको भए निर्मला पन्तले पनि हेर्थिन् र डिफेन्सका केही उयाय अपनाउथिन् होला ।’ त्यति मात्रै हैन पहिला हामी फिल्मले मनोरञ्जनमात्रै दिन्छ भन्ने भ्रमवाट हामी मुक्त हुनुपर्छ ।’

रेखा आफ्नै निर्देशन रहेको उक्त फिल्ममा रेखा र १५ वर्षे किशोरी कमला ओलीले मुख्य भुमिका निर्वाह गरेकी छिन् । रेखाले भने जस्तै मालिकाले किशोरीहरुलाई डिफेन्स गर्न सिकाउछ सिकाउदैन हेर्न बाँकी छ । तर, रेखा आफैले निर्माण गरेका बिगतका फिल्मले भने मनोरञ्जन मात्रै दिने गरेको यथार्थ घाम जत्तिकै छर्लङ्ग छ ।

किन हिट हुन्न रेखाको फिल्म ?

आफुले बनाएका हरेक फिल्ममा महिला शसक्तिकरणको विषयलाई प्रस्तुत गरेको दावी गरे पनि समिक्षकहरु रेखाको भनाईसँग सहमत छैनन् । प्राय सतही फिल्म बनाउछिन् भन्ने आरोप छ । यसअघि बनाएका रुद्रप्रिया पनि बक्स अफिसमा हिट हुन सकेको थिएन । उनले बनाएको मात्रै हैन अभिनय गरेको डायरीले पनि निर्मातालाई खुसी बनाउन सकेन ।

कुनै समय नेपालकै ‘नम्बर वान’उपाधी पाएकी रेखाका फिल्ममा मुख्य भुमिकामा महिला कलाकारलाई अभिनय गराएपनि कथ्य संरचना परम्परागत हुने गरेको आरोप लाग्ने गरेको छ । तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवाट प्रभावित भएँ भन्दै माओवादी राजनितीमा लागेकी रेखा पछि कमल थापावाट प्रभावित छु भन्दै राप्रपा प्रवेश गरेकी थिईन् । अहिले उनी राप्रपा (पशुपति शमसेर) पार्टीमा आबद्ध छिन् ।

(Visited 10 times, 1 visits today)
Loading comments...