सोमवार ५ कार्तिक, २०७५ (Monday, 22nd October 2018)
५ कार्तिक, २०७५ (22 October 2018)

निर्मला हत्या : गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरवारमा प्रदर्शन

3 weeks ago
04/10/2018

राजधानी समाचारदाता, काठमाडौ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षिय बालिका निर्मला पन्तका लागि न्याय माग्दै प्रमुख प्रशासनीक भवन सिंहदरबार छिर्ने गेट अगाडि य्ुवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेका छन् ।

युवाहरूको समूह सिंहदरबारको दक्षिण गेट अगाडि सडकमा बसेर नाराबाजी गरेका थिए । प्रदर्शनकारीको समूह निषेधित क्षेत्रभित्र आएर धर्ना बसेर नाराबाजी गरेको थिए भने उनीहरुले १० मिनेट प्रदर्शन तथा नाराबाजी गरेका थिए ।

निर्मला पन्तको हत्या अभिय्क्तलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने भन्दै बलात्कारीलाई फाँसीको सजाय माग गर्दै बुधवार धनगढी स्थित मुख्यमन्त्री कार्यालय अगाडी पनि प्रदर्शन भएको थियो ।

निर्मला पन्तको हत्यारा पत्ता लगाउन विभिन्न स्थानमा आन्दोलन भएपनि सरकार गम्भिर नभएको आन्दोलनकारीको भनाई रहेको छ । त्यसो त गृहमन्त्री रामबहादुर थापा स्वयं निर्मला पन्त हत्यामा राजनिती भएको टिप्पणी गरिरहेका छन् । एमाले नेता भिम रावलले पनि निर्मलाको हत्यारा पत्ता लगाउन माग गर्दै आन्दोलनमा उत्रेकाहरुलाई ‘कांग्रेसी उक्साहट’ भनेर टिप्पणी गरेका थिए ।