आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

जहाँ गौतम बुद्धको २९ वर्ष बित्यो

2 months ago
06/10/2018

जहाँ गौतम बुद्धको २९ वर्ष बित्यो

पार्वती पाण्डे

प्राचीन कपिलवस्तु, भगवान् गौतम बुद्धको २९ वर्ष बितेको क्रीडास्थल । तत्कालीन राजा शुद्धोधनको राजधानी । कपिलवस्तु–१२ स्थित तौलिहवादेखि तीन किलोमिटर उत्तरमा पर्छ, यो । जसको क्षेत्रफल करिब ३५ बिघा छ । तिलौराकोट क्षेत्र, तौलेश्वर मन्दिर, गौतम बुद्ध सम्बन्धित गोटीहवालगायत विश्व सिमसार क्षेत्र, जगदीशपुर ताल, लम्बुसागर ताल, भितरिया मन्दिर यही  जिल्लामा छन् ।
पश्चिमी क्षेत्रको पहाडी इलाकामा पर्ने शिवगढी मन्दिर ऐतिहासिक, धार्मिक एवं पर्यटकीय हिसाबले गतिलो गन्तव्य हो । तर, शिवगढी मन्दिरको प्रचार–प्रसार हुन नसक्दा अझै ओझेलमै देखिन्छ । शिवगढी मन्दिरमा वर्षैभरि पर्यटक आउ“छन् । यहाँ शिवरात्रिका बेला पा“च दिनसम्म मेला लाग्ने गर्दछ ।

व्यापार संघ कपिलवस्तुलगायतका संघसंस्थाले पछिल्लो समय शिवगढी मन्दिरमा केबलकार सञ्चालनबारे केही पहल गरे पनि अहिलेसम्म मन्दिरसम्म पुग्ने बाटो छैन । धानखोलाबाट करिब डेढ घण्टा ठाडो उकालो हि“डेपछि मन्दिर पुगिन्छ । साविक शिवगढी गाविसअन्तर्गत रमुवादहबाट मन्दिर पुग्न सकिन्छ । धानखोला दक्षिण–पश्चिम चुरे पहाड चुचुरोमा शिवगढी मन्दिर अवस्थित छ । केही तल चौध वर्षसम्म भगवान् शिव तपस्या बसेको बाबाको कुटी छ । जसलाई ‘मौनीबाबा’ भनेर पनि चिनिन्छ । यहाँबाट अर्घाखाँचीका केही गाविस, राप्ति नदी, दाङ र कपिलवस्तुका घनाजंगल, फाँटका साथै भारतका केही स्थानसमेत देख्न सकिन्छ ।

कपिलवस्तुको शिवराज–३, भितरियास्थित प्राचीनकालीन मन्दिर संरक्षणमा सम्बन्धित निकायको ध्यान जान नसक्दा 
ओझेलमा पर्दै गएको हो

पछिल्लो समय यस क्षेत्रमा पुराना इ“टा फेला परेकाले उत्खनन गरिने बताइएको छ । कपिलवस्तुको शिवराज–३, भितरियास्थित प्राचीनकालीन मन्दिर सम्बन्धित निकायको ध्यान जान नसक्दा ओझेलमा पर्दै गएको छ । एकातिर मन्दिर नदी कटानको चपेटामा पर्दै जाँदा धरापमा पर्न थालेको छ । बर्सेनि नदीले जमिन कटान गर्दै जाँदासमेत संरक्षणमा ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् ।
चन्द्रौटा बजारदेखि झन्डै पा“च किलोमिटर उत्तर घनाजंगलमा अवस्थित मन्दिरमा बौद्धकालीन शाक्यवंशी राजाले सुनको खजाना लुकाएर राखिएको किंवदन्तीअनुसार मन्दिरको नाम ‘सोनवागढ’ राखिएको स्थानीय बताउँछन् । संरक्षणका लागि सम्बन्धित निकायले चासो नदेखाउँदा मन्दिरका पुरातात्विक वस्तु चोरीसमेत हुन थालेका छन् । मन्दिरमा रहेका महŒवपूर्ण वस्तु चोरी हुँदै जानु र नदी कटान चपेटामा पर्दै जानुले मन्दिरको अस्तित्व धरापमा पर्ने खतरा बढेको छ । ल

(Visited 3 times, 1 visits today)