मंगलवार ६ कार्तिक, २०७५ (Tuesday, 23rd October 2018)
६ कार्तिक, २०७५ (23 October 2018)

मनै लोभ्याउने फापर

जनक श्रेष्ठ
2 weeks ago
11/10/2018

मनै लोभ्याउने फापर

जनक श्रेष्ठ

 

यतिबेला यहाँका किसानले लगाएको फापरको फूलले मन लोभ्याइरहेको छ । मनाङको पहिचानसँग जोडिएको फापरमा फूल खेलेर ढकमक्क भएपछि मनाङ पुग्ने पर्यटक मन थाम्न सकिरहेका छैनन् ।
मनाङमा बढी चिसो हुने भएकाले अन्यभन्दा फापर खेती राम्रो उत्पादन हुने गर्छ । तीते र मीठे जातका फापर भए पनि मनाङका किसानले मीठे फापर नै लगाउने गरेका छन् ।
समुद्री सतहदेखि करिब ३ हजार ७ सय मिटर उचाइमा रहेको मनाङमा फुलिरहेको फापर फूल पर्यटकको आकर्षण बनिरहेको छ ।


तल्लो मनाङको नासो–१, ताल क्षेत्रदेखि माथिल्लो मनाङ ङिस्याङ–९, खाङसारसम्म ढकमक्क फापर फुलिरहेको छ ।
पुर्खाको पालादेखि लगाउँदै आएको फापर यहाँका रैथाने मात्र नभई अर्गानिक रहेको बताउने स्थानीय तेन्जिङ शेर्पा भन्छन्, ‘यहाँ आउने पर्यटकलाई फापरको फूलले निकै लोभ्याइरहेको छ ।’
मनाङ आउने पर्यटक तथा आफन्तलाई फापरका परिकार बनाएरसमेत दिने गरेको र उनीहरूले निकै स्वादिष्ट मानेर खाने गरेको उनको भनाइ छ । फापरबाट ढि“डो र रोटी बनाउन सकिने स्थानीय सुनाउ“छन् । अन्य तुलनामा फापर धेरै पोसिलो हुने चिकित्सक बताउँछन् ।

 

मनाङका केही भागबाहेक सबै स्थानमा फापर खेती हुने गरेको छ । उपल्लो पिसाङका स्थानीय तेर्सिङ तेस्मोका अनुसार गत वर्ष ८० किलो उत्पादन भएको थियो । अहिले अलि बढी उत्पादन हुने अपेक्षा गरेका छन्, उनले ।

भन्छन्, ‘फापर उत्पादन गरी घरमा पाहुनालाई ढि“डो र रोटी बनाएर दिने गर्दछौं ।’
काठमाडौं, पोखरालगायतका ठाउँमा रहेका पाहुना भेट्न जादा बर्सेनि कोसेली स्वरूप फापरको पिठो लैजाने परम्परा रहेको तेस्मो सुनाउ“छन् । घरअगाडि नै फापरको फूल फुलिरहेको छ । यसले गाउँ र मनाङलाई नै थप सुन्दर बनाएको उपर पिसाङका स्थानीय बताउँछन् ।

मनाङमा एक रोपनीबराबर १ क्विन्टलसम्म फापर हुने गरेको साविक जिल्ला कृषि कार्यालय मनाङ प्रमुख रामप्रसाद शाहीले बताए । धान, मकै र कोदो नफल्ने यहाँ फापर खेती राम्रो हुने भएकाले यसमै किसान हौसिएका छन् । फापरले उनीहरूलाई आत्मनिर्भर पनि बनाउन मद्दत गरेको छ ।
मनाङमा फापर खेती फस्टाउँदै गएको छ । आर्थिक वर्ष २०७४ र ७५ मा २८६ हेक्टर क्षेत्रफलमा फापर खेती गरिएको थियो । जसमा जिल्लाका किसानहरू ५०८ टन फापर उत्पादन गर्न सफल भए ।

 

आर्थिक वर्ष २०७३ र ७४ मा २८६ हेक्टर क्षेत्रफलमै खेती गरिएकामा ५०२ टन उत्पादन भएको थियो । २०७२ र ७३ मा २८५ हेक्टरमा खेती गरिएकामा ५१४ टन फापर उत्पादन भएको थियो ।
विगतका वर्ष उत्पादन भएको फापरको तुलनामा यस वर्ष अझ बढी फापर उत्पादन हुने अनुमान गरिएको साविक जिल्ला कृषि कार्यालय मनाङ प्रमुख शाहीले बताए । उनका अनुसार मनाङमा फापर खेतीले पर्यटक भिœयाउन सहज बनाएको छ ।
यहाँको लोभलाग्दो फापर खेती हेर्न आन्तरिक र बाह्य पयर्टक आउने गरेका छन् । स्थानीयले जेठ अन्तिम साताबाट असारसम्म बीउ छर्ने गरेका थिए । अहिले फापर फुलिरहेको छ ।
केही किसानले फापर भिœयाइसके पनि अधिकाशंले असोज अन्तिम सातादेखि कात्तिकसम्म फापर काटेर भिœयाइसक्ने साविक जिल्ला कृषि कार्यालय मनाङले जनाएको छ । ल