आइतवार १ पौष, २०७५ (Sunday, 16th December 2018)
१ पौष, २०७५ (16 December 2018)

ओझेलमा खानी

2 months ago
06/10/2018

ओझेलमा खानी


नरेन्द्र कार्की

बनावटी केही समयका लागि होला तर प्राकृतिक सुन्दरता सधैं रहन्छ । यहा“ यस्तै सुन्दरता खोजी गर्दै छौं । न नचिनिएको, न त चिनाइएको दार्चुलाको अपी हिमाल ।
विकटमा पर्ने यो क्षेत्र स्वर्गभन्दा कम छैन । पुग्न थोरै असहज भए पनि पुग्नेको मुखबाट निस्कने पहिलो शब्द हो, ‘वा..हा..† अपी हिमाल ।’ गाउँपालिका मकरीकोट उकालो काटेपछि विश्राम स्थल पुगिन्छ । यही“बाट सुरु हुन्छ, प्राकृतिक सुन्दरता भरिपूर्ण ।

६ सय १३ दशमलव ९५ वर्ग

किलोमिटर क्षेत्रफलमा फैलिएको अपी हिमाल गाउँपालिकाभरि ६ हजार ७७९ जनसंख्या रहेको छ । पूर्वमा बझाङ, पश्चिममा व्यास, नौगाड उत्तरमा व्यास तथा चीन र दक्षिणमा मार्मा गाउँपालिकासँग सिमाना जोडिएको छ । तमाम सम्पदाले भरिएको तर हामीले चिन्न नसकिएको यस क्षेत्रबारे बाह्य प्रचारप्रसार हुन सकेको छैन ।
अहिले अपी हिमाल गाउँपालिकाले पर्यटन पूर्वाधार विकासमा १५ लाख रुपैयाँ तथा धार्मिक पर्यटन विकासमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल बताउ“छन् ।
गाउँपालिकाभरि पर्यटकीय सम्भाव्यता अध्ययन तथा भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने स्थान पहिचानका लागि पर्यटन पूर्वाधार अध्ययन समिति गठन गरिएको छ । दुई वर्ष म्याद दिएर समिति गठन गरिएको हो ।

कसरी पुग्ने ?

दार्चुला अपी हिमाल गाउँपालिका र त्यस क्षेत्रमा रहेका अपी हिमाललगायतका हिमशृंखला र त्यसबारे जानकारी लिनु जरुरी हुन्छ । काठमाडौंबाट जाने पर्यटकका लागि धनगढीसम्म हवाई रुट प्रयोग गर्न सकिन्छ । धनगढीबाट सदरमुकाम खलंगा अथवा दार्चुला सिमाना गोकुलेश्वर पुग्न सवारी उपलब्ध हुन्छ । गोकुलेश्वरमा रहेको एक मात्र एयरपोर्ट सुचारु नहुँदा धनगढीबाट गोकुलेश्वरसम्म १३ देखि १४ घण्टा यात्रा तय गर्नुपर्छ । गोकुलेश्वरबाट मार्मा गाउँपालिका लटिनाथसम्म साना जिप प्रयोग गरिन्छ ।
मार्मा गाउँपालिका पछि अपी हिमाल सीमा आरम्भ हुन्छ । त्यही“बाट सुरु हुन्छ, पैदल यात्रा । मार्मा गाउँपालिका पारिबगरबाट ७ देखि ८ घण्टा पैदल पछि अपी हिमाल गाउँपालिका खण्डेश्वरी, घुसा पुगिने व्यापारी पोखरमसिंह रोकायाले बताए । पारिबगरदेखि मकरिगाडसम्म सीधा घोरेटो बाटो छ । बाटो सहज छ । मकरिगाड जहाँ अहिले विद्युत् निर्माण चरणमा छ । मकरिगाडको चिसोपानी खाएपछि २ देखि ३ घण्टाको ओकालो पछि गाउँपालिका केन्द्र प्रवेश हुन्छ । जहाँबाट थुप्रै हिमशृंखला र सौन्दर्य अनुभूति सुरु हुन्छ ।

हिमाल

प्रदेश ७ कै अग्लो अपी हिमाल (७१३२ मि.) दार्चुलाको अपी हिमाल गाउँपालिका र व्यास गाउँपालिकाको सीमामा पर्छ । ‘अपी हिमालको प्रवेशद्धार भएको कारण गाउँपालिकाको नाम अपी हिमाल रहन गयो,’ पर्यटन विकास समाजका अध्यक्ष सोभनसिह लोथ्यालले बताए । गाउँपालिकाबाट सहज रूपमा अपी हिमाल पुग्न सकिने भएकै कारण अपी हिमाल गाउँपालिकाबाट यो क्षेत्र चिनाउन लागिएको हो । अपी हिमाल बेस क्याम्प पुग्न सदरमुकाम खलंगाबाट चारदेखि पाँच दिन तथा अपी हिमाल गाउँपालिकाबाट एकदेखि दुई दिन लगाएर सजिलै पुग्न सकिन्छ । अपी हिमालको उत्तरी क्षेत्रसँग व्यास गाउँपालिका र चीनको स्वशासित क्षेत्र तिब्बत जोडिन्छ ।
झन्डै दुई दशकदेखि पर्यटकले आरोहण गर्न नआएको यस क्षेत्रमा पहिलोपटक आठ जना विदेशी अपी हिमाल आरोहणका लागि आएका छन् । अपी नाम्पा संरक्षण क्षेत्रअन्तर्गत पर्ने भएका कारण पनि पछिल्लो ७÷८ वर्षयता अपी हिमाल क्षेत्र विदेशीयको गन्तव्य बन्दै छ ।
अपी नाम्पा संरक्षण क्षेत्र घुम्न आएका अधिकांश विदेशी पर्यटक अपी हिमाल बेस क्याम्प पुगेर फर्किने गरेका छन् । पाँच÷६ वर्षयता आएका एक सय जना विदेशीले अपी क्षेत्रको अवलोकन गरेका छन् । चारैतिर समथर अनि जंगली जनावर, चराचुरुंगी र मनोरम दृश्य देखिने भएकाका कारण यो क्षेत्र पछिल्लो समय पर्यटकको गन्तव्य बन्न पुगेको हो । यस्तै, अपी हिमाल सँगसँगै नाम्पा हिमाल पनि यही क्षेत्रबाट देख्न सकिन्छ भने सयपाल, कायकोर, जेठी बहुरानीलगायतका उच्च हिमशृखंला यस क्षेत्रबाट सजिलै देख्न सकिन्छ ।

ताल तलैया

हेर्दै सुन्दर देखिने मनोरम दृश्य भएका ताल तलैया यहाँ छन् । भवयदह, लोलु धौलाओडार नजिकै छ । यस क्षेत्रमा सयौं प्रजातिका फूल देख्न सकिन्छ । यस्तै, कालीढुंगा ताल अपी हिमाल फेदनजिकै छ । यो ताल क्षेत्रमा मन्दिर निर्माण गरिएको छ । अपी बेस क्याम्पबाट पाँच घण्टामा यो ताल भएको क्षेत्रमा पुग्न सकिन्छ । हिमालको काखमा अवस्थित भएको कारण यो ताल सुन्दर छ ।
हिउँहरू जमेर रिंगदेपानी ताल बनेको हो । बेस क्याम्पबाट चार घण्टाको पैदल हिँडेपछि यो ताल सजिलै देख्न सकिन्छ । तालको वरिपरि ससाना हिमशृखंला छन् । साथै बेस क्याम्प पुग्नुअगावै पिलकन्द फेदमा राक्षस ताल, जुँगे तालदेखि ससाना रमणीय ताल छन् । यस पिलकन्द दहबाट अपी हिमालको सजिलै दृश्यावलोकन गर्न सकिन्छ ।

जडीबुटी

पछिल्ला १० वर्षयता अपी हिमाल क्षेत्रमा बहुमूल्य यार्सागुम्बा पाइने गरेको छ । डोल्पापछिको सबैभन्दा बढी र राम्रो यार्सागुम्बा अपी हिमाल क्षेत्रमै पाइने गरेको छ । गुणस्तरको हिसाबले राम्रो यार्सागुम्बा पाइने गरेको उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्ना बताउँछन् । जिल्लाबाट कुल निकासी हुने आठ क्विन्टल यार्सागुम्बामा बढी यार्सागुम्बा अपी हिमाल क्षेत्रमा पाइने गरेको छ । मोटो र पहेंलो यार्सागुम्बाका लागि अपी फेद क्षेत्र र यसको वरिपरि राम्रो मानिएको छ । यस क्षेत्रको लोलु रोखापु, फुल्टेवन, चाइमटेला, सातगंगा, काटै वन, अपी फेद, काटै वन, क्षति घाजिर, धरमघरलगायतका क्षेत्रमा यार्सागुम्बा पाइन्छ । पाँचआंैले, कट्की, सुगन्धवाल, जटामसीलगायतका महŒवपूर्ण जडीबुटी प्रशस्त पाइने गरेको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाबाट बर्सेनि सयौं टन बहुमूल्य जडीबुटी निर्यात हुने गरेको तथ्यांकले देखाएको छ ।

जनावर

अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने यो क्षेत्रमा वन्यजन्तुका रूपमा हिउँ चितुवा, हिमाली कालो भालु, झालर, कस्तुरी, मृग, घोरललगायतका जीव जन्तु सजिलै देख्न सकिन्छ । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले गरेका विभिन्न सर्वेक्षणले यो क्षेत्रमा अझै पनि वन्यजन्तुको राम्रै बासस्थान रहेको छ । यस्तै, डाँफे, मुनाल, कोइलीलगायत सयांै प्रकारका चराचुरी यही क्षेत्रमा छन् । घर पालुवा जनावरका रूपमा चांैरी, खच्चड, घोडा, भेडा, बाख्रा, भंैसी, गाई गोरु यस क्षेत्रमा पालिने गरिएको छ ।

मार्मा गाउ“पालिका पछि अपी हिमाल सीमा आरम्भ हुन्छ । त्यही“बाट सुरु हुन्छ, पैदल यात्रा । ७ देखि ८ घण्टा पैदलपछि अपी हिमाल गाउ“पालिकाको खण्डेश्वरी पुगिन्छ । मकरिगाडको चिसो पानी पिएर २ देखि ३ घण्टाको ओकालो हि“डेपछि गाउ“पालिका केन्द्र प्रवेश हुन्छ

धार्मिक सम्पदा

धार्मिक दृष्टिकोणले अपी हिमाल

गाउँपालिकामा मार्कण्डेय गुफा, सुर्मा भवानीको क्षेत्री जात्रा, महादेव देवताका मठ मन्दिरहरू यस क्षेत्रमा छन् । नयाँ वर्ष, गौरा पर्व, दसंै तथा तिहार यस क्षेत्रमा बढी मनाइन्छ । यस क्षेत्रको सुर्मासरोवर जात्रा नौ दिनसम्म मनाइन्छ । अपी हिमालको घाजिरबाट सुरु हुने यो जात्रा बझाङको सुर्मा सरोवरसम्म पुगेर मनाइन्छ ।
धार्मिक रूपले यो जात्रा यस क्षेत्रको सबैभन्दा महŒवपूर्ण र ठूलो भएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल बताउ“छन् । यही क्षेत्रमा रहेको मकरीकोट दरबारको अहिले पनि भग्नावशेष देख्न पाइन्छ । तत्कालीन जतरसिंहले राज्यरोहण गरेको यो क्षेत्रको संरक्षणका लागि गाउँपालिकाले लगानी गरेको छ । मकरीकोट सिद्ध पदमार्गका रूपमा गाउँपालिले बजेट विनियोजन गरेको छ ।

संस्कृति

यहाँको क्षेत्तिली संस्कृति तथा सितोलाका सौका समुदायको संस्कृति हेर्न लायक छ । सौका समुदायले अहिले पनि आफ्नो संस्कृति जगेर्ना गरे पनि क्षेत्तिली संस्कृति युवा पुस्ताले हराउँदै लगेको संस्कृतिका जानकार तुंकाध्वज बोहरा बताउँछन् । अहिले गाउँपालिकामा क्षेत्तिली भाषा बोल्ने ३÷४ जना मात्रै छन् ।
यस्तै, सौका समुदायको आफ्नै वेशभुषा र बोलचाली छ । अपी हिमाल गाउँपालिका भित्रै थोरै संख्यामा मात्र सौका समुदायको बसोबास छ । यस गाउँपालिकामा रहेका अल्पसंख्यक समुदाय ओइरे अट्याल समुदायको बसोबास छ ।

खानी खनिज

अपी हिमाल आसपासमा थुप्रै खानी रहे पनि उत्खनन भने हुन सकेको छैन । खात्तीको माथि रहेको तामा खानी, अपी हिमाल आसपासमा रहेका सिसा खानी र चुनढुंगा खानी अहिले पनि सजिलै भेट्याउन सकिन्छ ।

जलविद्युत्

अपी हिमालको फेदमा उद्गमस्थान रहेको चमेलिया नदी विद्युत्को हबका रूपमा विकास हुँदै गइरहेको छ । चमेलिया नदी एउटा रुख भएको स्थानबाट सुरु भएको पाइन्छ । चमेलिया नदी र यसका सहायक नदीबाट हरेक वर्ष विद्युत् उत्पादन एवं सम्भाव्यता अध्ययनका चरणमा रहेका छन् ।
चमेलियामा हालसम्म शैल्यशिखर नगरपालिका–१, शिखरमा ३० मेगावाट विद्युत् उत्पादन भएको छ । माथिल्लो चमेलिया ८५ मेगावाट, अपर चमेलिया ४० मेगावाट, मध्य चमेलिया १६ मेगावाट, क्षत्तिगाड २५ मेगावाट र मकरीगाड १० मेगावाट निर्माणको चरणमा पुगेका छन् । यसको साथै ६० मेगावाट विद्युत् विकास विभागले बनाउन सम्भाव्यता अध्ययन गर्दै छ ।

अन्न

यो क्षेत्रमा पाइने भनिएको मुख्यतया आलु, जौ, गहुँ, मकै, कोदो, फापर, भटमास, राजमा सिमी हुन् । प्रायः यहाँका स्थानीयले खानाका रूपमा आलु प्रयोग गर्न थालेका छन् । बजारीकरण अभावले उत्पादित सामानले मूल्य पाएको छैन ।
फलफूलका रूपमा यस क्षेत्रमा स्याउ फल्छ । यस क्षेत्रलाई पछिल्लो समय स्याउ जोन क्षेत्रका रूपमा अघि बढाइएको छ । काक्रा, फर्सी, पुलुम, नासपाती, आरुलगायतका फलहरू खान पाइन्छ । यी थुप्रै सम्भावना बोकेको यो क्षेत्रका लागि अध्ययन गरी नीति तर्जुमा गरिनुको साथै पर्यटन गुरुयोजना बनाइने लक्ष्यका साथ गत वर्षबाट गाउँपालिकाले काम थालेको छ ।
गाउँपालिकाले लिएको यो नीतिसँगै अब यस क्षेत्रको प्राकृतिक तथा धार्मिक पर्यटनको सम्भावनालाई उजागर हुने हरकसिंह धामीले बताए । धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले महŒवपूर्ण मानिएको अपी हिमाल गाउँपालिका क्षेत्रभित्रका यी सम्पदाको प्रचार प्रसार हुन सकिरहेको छैन । पर्यटकीय स्थल प्रचार प्रसार अभावमा ओझेलमा छन् । थुप्रै सम्भावना भए पनि उचित प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको कारण समितिले काम गर्न थालेको धामीले बताए ।

(Visited 2 times, 1 visits today)