बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

समाजसेवाले विश्व देखायो

3 weeks ago
06/10/2018

समाजसेवाले विश्व देखायो

रमेश तिमिल्सिना

नसोचेका कुरा अनुभूत गर्न तथा देख्न पाउ“दा चन्द्रनिगाहपुरका सपूतबहादुर कार्कीलाई सपनाजस्तो लागिरहेको छ । उनको नामअगाडि जहिल्यै ‘समाजसेवी’ ट्याग झुन्डिएको हुन्छ, चाहे बोल्दा होस् वा लेख्दा नै किन नहोस् ।
२०२३ साल साबिक पौराइ गाविस (हाल चन्द्रपुर नगरपालिका–१) मा जन्मिएका कार्की २०४० सालदेखि चन्द्रपुर नगरपालिका–४, चन्द्रनिगाहपुरका स्थायी नागरिक हुन् । २०३४ सालदेखि नवदुर्गा बाल क्लब चन्द्रनिगाहपुरबाट समाजसेवा थालेका कार्की गत १९ भदौमा सरकारबाट प्रदान गरिने ‘जनसेवाश्री पदक’बाट विभूषित भए । कार्की राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित भएका थिए । जीवनको ३५ वर्ष समाजसेवामा बिताइसकेका कार्की भन्छन्, ‘समाजसेवाले नै मलाई विश्वमा चिनाएको छ । समाजसेवा भन्ने भित्री भावनाबाटै आउनुपर्छ, जसले स्वतःस्फूर्त गर्न सकोस् ।’

२०३८÷०३९ सालतिर देशभक्त युवा क्लब खोलेर सक्रिय समाजसेवा गर्दै आएका कार्की सामाजिक कार्यले नै आफूलाई विश्वका ११ देश र नेपालका ७२ जिल्ला घुमाएको सुनाउ“छन् । ‘यो अवसर अरू कार्यबाट पाइ“दैन,’ उनी भन्छन् ।
कार्कीले २०४४ सालबाट नेपाल रेडक्रस सोसाइटीको सदस्यता लिएर विभिन्न कमिटी हु“दै अहिले रेडक्रस केन्द्रीय सदस्य छन् । यति मात्र होइन, उनी जुनियर युवा समिति केन्द्रीय सभापतिसमेत हुन् ।
रेडक्रस केन्द्रीय समितिअन्तर्गत सहकोषाध्यक्ष पदसमेत सम्हालिसकेका कार्कीले गत वर्ष रौतहटलगायत मधेसमा महाविपत्तिमा परेका बाढीपीडितलाई रेडक्रसमार्फत सहयोग गरे । जनताको गाउ“गाउ“मा पुगेर तत्कालका लागि आवश्यक सामग्री तथा नगद बाढीपीडितलाई सहयोग गरेको उनी बताउ“छन् । समाजको आर्थिक, समाजिक तथा बौद्धिक विकासका लागि पनि उत्तिकै तल्लीन भएर लागिपरेका छन्, उनी ।

रेडक्रस केन्द्रीय समितिअन्तर्गत सहकोषाध्यक्ष  पदसमेत सम्हालिसकेका कार्कीले गत वर्ष रौतहटलगायत मधेसमा महाविपत्तिमा परेका बाढीपीडितलाई रेडक्रसमार्फत सहयोग गरे

२०५१ सालमा सेभ द इन्भारोमेन्ट गैरसरकारी संस्थाको संस्थापक अध्यक्ष रहेका कार्कीले मध्ये तराई अर्थात् प्रदेश २ मै पहिलो साविक गाविसका रूपमा रौतहट जुडिबेला गाविसलाई ‘खुला दिसामुक्त’ घोषणा गर्न सफल भए ।
‘मधेसमा सरसफाइको ठूलो चुनौतीका बाबजुद २०६६ सालमा जुडिबेलालाई मधेसको पहिलो गाविसका रूपमा खुला दिसामुक्त घोषणा गर्न सफल भइयो, जुन युद्ध जितेभन्दा बढी खुसी थियो,’ उनी सम्झिन्छन्, ‘खुला ठाउ“मा शौच गर्नुहु“दैन भन्दा समाजले उल्टै गाली गर्ने अवस्थामा पनि सबै अस्त्र प्रयोग गरेर भए पनि आमनागरिकको घरमा शौचालय बनाउन लगाएर पहिलो गाविसका रूपमा जुडिबेलालाई खुला दिसामुक्त बनाएको कहिल्यै बिर्सन सक्दिन“ ।’
‘मधेसमा बुहारी गएको शौचालयमा ससुरा जानुहु“दैन’ भन्ने गलत परिपाटी चिरे उनले । पछिल्लोपटक विश्रामपुरलगायतका गाविस खुला दिशामुक्त क्षेत्र घोषणा गरे, उनले । गत वर्ष पनि जिल्लाको विश्रामपुर गाउ“पालिकालगायत विभिन्न ठाउ“ खुला दिसामुक्त बनाउने जिम्मा कार्कीकै का“धमा आइप¥यो ।


आफूमा आएको जिम्मेवारी सहज रूपमा निर्वाह गरेको कार्की बताउ“छन् । सरसफाइको हिसाबले सबैभन्दा तल्लो तहमा रहेको रौतहटमा काम गर्न ठूलो चुनौती रहेको उनको भनाइ छ । यति मात्र होइन, उनको यो संस्थाले नवलपरासी र सुनसरीमा आर्सनिक न्यूनीकरणसम्बन्धी काम पनि ग¥यो ।
समाजसेवी कार्की अन्तर्राष्ट्रियस्तरको बालबालिका क्षेत्रमा काम गर्ने नेपाल शाखा हेर्ने नेपाल गुडविभ फाउन्डेसनका अध्यक्षसमेत हुन् । अमेरिका वासिङ्टन डीसीमा हेडक्र्वाटर रहेको संस्थाले कर्पोरेट क्षेत्रमा काम गर्ने बालबालिकाको उद्धार र संरक्षण गर्छ । नेपालमा पनि यस संस्थाले धेरै बालबालिकाको उद्धार तथा संरक्षण गर्दै आएको कार्की सुनाउ“छन् । उनी समाजसेवामा मात्रै होइन, लेखरचनामा उत्तिकै चासो दिन्छन् । स्नातकोत्तर अध्ययन पूरा गरेका कार्कीले २०४५ सालमा ‘पागल’ कथा संग्रहसमेत प्रकाशित गरेका थिए ।