बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

सहन्यायाधिवक्ता नै ५ लाख घूसकाण्डमा अख्तियार फन्दामा

Bijay Nepal
11 months ago
10/10/2018

पोखरा

पोखरामा सहन्यायाधिवक्ता नै घूस काण्डमा अख्तियारको फन्दामा परेका छन् ।

उच्च अदालत पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुरर थापा ५ लाख घूस रकम सहित निजकै कार्यालयबाट बुधबार बिहान पक्राउ परेका हुन् ।

ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाई सेवाग्राहीसँग घूस रिसवत माग गरिरहेको भन्ने उजुरी आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको टोलीले थापालाई बिहान ९ बजे घूसवापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबारमात्रै अख्तियारले मालपोत कार्यालय कास्कीबाट दुई जनालाई ५० हजार घूससहित पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा मालपोत कार्यालयका अधिकृत ख्यामनारायण पौडेल र खरिदार सञ्जय शर्मा हुन् । मंगलबार कार्यालय समय सकिने बेलातिर अख्तियारका प्रहरी नायव उपनिरीक्षक ओमप्रकाश खनालको नेतृत्वमा गएको प्रहरी टोलीले ५० हजार रुपैयाँ घूससहित रंगेहात पक्राउ गर्न सफल भएको हो । पौडेल र शर्माले जग्गा नामसारी मिलाउने विषयमा सेवाग्राहीसँग घूस लिएको प्रारम्भिक जानकारी छ ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय थुनामा राखी अनुसन्धान भइरहेको छ ।

(Visited 17 times, 1 visits today)
Loading comments...