सोमवार ५ कार्तिक, २०७५ (Monday, 22nd October 2018)
५ कार्तिक, २०७५ (22 October 2018)

वामदेव ‘बुटी’ रहस्यमय

राजधानी समाचारदाता
2 weeks ago
11/10/2018

आठ महिनाअघि भएको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ बाट पराजित नेकपाका नेता वामदेव गौतमलार्ई काठमाडौं–७ बाट उम्मेदवार बनाउने तयारीले नेपाली राजनीति तरंगित छ । काठमाडौं–७ मा नेकपाबाट निर्वाचित उम्मेदवार रामवीर मानन्धरले राजीनामा दिएपछि सामाजिक सञ्जालमा बहस सुरु भएको छ, वामदेव गौतम नभई नहुने किन ? फेरि पनि गौतमलार्ई नै उम्मेदवार बनाउनुपर्ने किन ? यस्तै प्रश्नहरू तेर्सिएका छन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालकै आग्रहमा मानन्धरले राजीनामा दिएको भन्दै नेकपाभित्रकै केही नेताहरूले असन्तुष्टि व्यक्त गरिसकेका छन् ।

आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर गहना हो । निर्वाचित सांसदको मृत्यु भएमा वा अरू कुनै कारण निर्वाचित सांसदले राजीनामा दिएमा आवधिक निर्वाचन गराउने चलन छ । काठमाडौं–७ मा पनि सांसद मानन्धरले राजीनामा दिएपछि पुनः निर्वाचनको सम्भावना बढेको हो । सांसद मानन्धरले पार्टीको निर्देशनअनुसार वामदेव गौतमकै लागि सांसद पदबाट राजीनामा दिएको भनाइबाटैबुझिन्छ । काठमाडौं–७ मा पुनः निर्वाचन हुनु गौतमलार्ई सांसद बनाएर सिंहदरबार प्रवेश गराउनका लागि मात्र हो । पुनः निर्वाचन प्रकरणले नेकपाभित्र चरम असन्तुष्टि त ल्याउने नै छ, स्थानीय जनतामा समेत निराशा छाउने प्रस्ट छ । गौतमलार्ई पुनः उम्मेदवार बनाएजस्तै ठूला भ्रष्टाचारमा संलग्नलार्ई सरकारले उन्मुक्ति दियो भने पनि सर्वसाधारणसँग सामाजिक सञ्जालमा कुर्लनुबाहेकको विकल्प छैन ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांकलार्ई आधार मान्ने हो भने संसदीय निर्वाचनमा १८ अर्ब रुपैयाँ खर्च भएको थियो । आयोगकै तथ्यअनुसार पनि एउटा निर्वाचन क्षेत्रमा १० करोड ९० लाख जति खर्च हुन्छ । काठमाडौं–७ कै निर्वाचन सन्दर्भमा कुरा गर्ने हो भने १० करोडभन्दा कम खर्चले पुग्दैन । अर्को महŒवपूर्ण कुरा वामदेव गौतमले जित्छन् नै भन्ने के ग्यारेन्टी छ ? यदि वामदेवले फेरि पनि चुनाव हारे भने उनको राजनीतिक जीवनको जिम्मा कसले लिने ? प्रधानमन्त्री ओली वा पुष्पकमल दाहालसँग त्यस्तो के ‘बुटी’ छ, जसरी पनि जिताएरै छाड्ने । स्वाभाविक हो, सत्तासँग आमसर्वसाधारणको अपेक्षा बढी हुन्छ । दुई तिहाइको समर्थन प्राप्त सरकारले आजसम्म जनतालार्ई राहत दिन सक्ने भरपर्दो तथ्य दिन सकेको छैन ।

यो अवस्थामा नेता गौतमलार्ई सांसद हुन त्यति सजिलो छैन । आफ्नै क्षेत्र बर्दिया–१ का जनतालार्ई त रिझाउन नसकेका गौतमले काठमाडौं–७ का जनतालार्ई कसरीरिझाउलान् ? यो उनले ल्याउने योजनामा भर पर्छ । मानन्धरको राजीनामापछि सिट त खाली भयो । संवैधानिक रूपले गौतम उम्मेदवार पनि हुन पाउने नै भए । तर चिन्ता के भने जनमतले अनुमोदित व्यक्ति नेताको चुट्कीमा हट्नु गम्भीर विषय हो । जनताले फिर्ता नगरेसम्म मानन्धरको लिगेसी काठमाडौंबाट कसरी हट्ला । उसैगरी, गौमतको आवश्यकता कसरी पुष्टि हुन्छ ? यस्ता यक्ष प्रश्नमा नेकपाका नेताको उत्तर चाहिएको छ । मतदानको मिति तयअघि वामदेवको आवश्यकता पुष्टि गर्न र कार्यकर्तालाई सन्तुष्ट पार्न नेकपालाई फलामको चिउरा नहोस् ।