बुधवार ४ पौष, २०७५ (Wednesday, 19th December 2018)
४ पौष, २०७५ (19 December 2018)

जनमैत्री राज्यका आधार

डा.देवीप्रसाद आचार्य
2 months ago
11/10/2018

जनमैत्री राज्यका आधार

डा.देवीप्रसाद आचार्य

 

मेरो गोरुको बाह्रै टक्का भन्ने मन पक्षीय चिन्तन नेपाली राजनीतिको पुरानो रोग हो । यो रोग अहिले पनि जस्ताको त्यस्तै छ । देशका हरेक राजनीतिक दलभित्र आत्मकेन्द्रित सोच हावी छ । मतभेद र मनभेदले जरा गाडेको छ । मुलुक अहिले लामो समयको राजनीतिक अस्थिरता र द्वन्द्वपछाडि स्थिरतातर्फ अगाडि बढिरहेको बेला सबै मिलेर देश निमार्ण गर्नुपर्ने बेलामा राजनीतिक दलबीच मनमुटाव एवं अन्तरदलीय व्यक्तित्व टकराव हुनु दुःखको कुरा हो ।
अहिले नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादीको एकता पछाडि दुई तिहाइको बलियो सरकार बनेको छ । यो सरकार बनेपछि देश विकासको पर्खाइमा लामो समयसम्म प्रतीक्षारत जनताहरू अब त केही हुन्छ कि भन्ने आशामा थिए । स्वतः स्पूmर्त रूपमा चियाचौतारीदेखि सभा, गोष्ठी, सम्मेलनजस्ता जनमञ्चमा अब देशले विकासको गति पाउने चर्चा, परिचर्चा हुने गर्दथे । अहिले सरकार बनेको सात महिना व्यतीत हुँदै गर्दा सरकारका कार्यशैली र घटनाक्रमले नेपाली जनताको उत्साह र आशामा मन्दी आएको छ । सामाजिक सञ्जाल, लेख, रचना जनबोलीहरूले सरकारको कमीकमजोरीमा टीकाटिप्पणी हुने गरेका छन् । राज्यले जनपक्षीय मुद्दाहरूमा काम गर्न नसकेको जनगुनासो बढ्दै छ ।

केही दिनअगाडि आप्mनै पार्टीको सरकारका काममा असन्तुष्टि व्यक्त गर्दै वरिष्ठ नेता माधव नेपालले संसद् भवनमै देश डुब्न लाग्यो कोही माझी छ बचाइदिने भन्ने अभिव्यक्ति दिए । यसको प्रतिउत्तरमा विदेशबाटै प्रधानमन्त्रीले उनको अभिव्यक्तिलाई कवितात्मक शैलीको कुण्ठाबाहेक केही देखेनन् । यी दृष्टान्तहरूले एउटै राजनीतिक दलभित्रका शीर्ष नेतृत्व पंक्तिमा देश र जनताको भलाइका लागि काम गर्नभन्दा पनि आपसी डाह, वैमनश्य, कटुता र अवसरको खोजीमा उनीहरू मनपक्षीय चिन्तनबाट ग्रस्त भएको भान हुन्छ । अहिले सबै दल, व्यक्ति तथा व्यक्तित्व आपसमा मिलेर देशलाई निकास दिनुपर्ने समयमा आन्तरिक गुट, उपगुट र द्वन्द्वमा समय खर्च गरेको पाइन्छ ।

 

राजनीतिक  दलहरूको अदूरदर्शिता, अपरिपक्वता र मनपक्षीय चिन्तनका कारण देशले लामो समयसम्म दुःख पायो। कुकुरको पुच्छर १२ वर्षसम्म ढुंग्रामा राख्दा पनि बांगाको बांगै भनेझंै राजनीतिक दल र यसका जिम्मेवार नेतागणमा अझै पनि देश बनाउने चेत आउन नसकेको हो त? मुलुकलाई गन्तव्यहीन बनाउन त खोजिएको छैन?

 

 

राजनीतिक दलहरूको अदूरदर्शिता, अपरिपक्कता र मनपक्षीय चिन्तनका कारण देशले लामो समयसम्म दुःख पायो । कुकुरको पुच्छर १२ वर्षसम्म ढुंग्रामा राख्दा पनि बांगाको बांगै भनेझंै राजनीतिक दल र यसका जिम्मेवार नेतागणमा अझै पनि देश बनाउने चेत आउन नसकेको हो त ? अझै पनि राजनीतिक षड्यन्त्रको भुमरीमा यो मुलुकलाई गन्तव्यहीन बनाउन त खोजिएको छैन ? त्यसो त राजनीतिलाई दाउपेचको विषय बनाइरहने र आप्mनो दुनो सोझ्याउने खेल हाम्रो देशको सन्दर्भमा कुनै अनौठो होइन । यो रोग भीमसेन थापाको पालादेखि नै ऐजेरुको रूपमा मौलाउँदै आएको पाइन्छ । यसले राणा, पञ्चायत काल हुँदै अहिलेको गणतान्त्रिक युगसम्म आइपुग्दा पनि छाडेको छैन । वर्तमान परिपे्रक्षमा मुलुकलाई राजनेताको अभाव खड्किएको छ तथापि अहिले खड्गप्रसाद ओलीको विकल्पमा प्रधानमन्त्रीको पाइप लाइनका रहेका सम्भावित व्यक्ति तथा व्यक्तित्व पनि नेतृत्वमा हँुदा सिन्को भाँच्न नसकेको र राइदलो गरेको इतिहास धेरै पुरानो भइसकेको छैन । प्रतिपक्ष दल नेपाली काग्रेससँग जनमत नै छैन । जनमत नै भए पनि इतिहासले नपत्याएका नेतागण नै प्रधानमन्त्रीको पाइप लाइनमा छन् । यी सबै परिदृश्यले भविष्यको राम्रो संकेत गर्दैनन् ।

अहिले मुलुकमा कञ्चनपुर प्रकरण, सुन प्रकरण, व्याप्त भ्रष्टचार, मूल्यवृद्घि, यातायात सिन्डिकेटको फितलो कार्यान्वयनजस्ता राज्यका कामकारवाहीले आमजनमानसमा ‘जुन जोगी आए पनि कानै चिरेका भने’झैें निराशा छाएको छ । विभिन्न बहस, छलफल र जनआवाजमा सरकारको आलोचना बढ्दै गएको पाइन्छ । तथापि प्रधानमन्त्रीलगायत उनका वरिपरिकाहरूले यी जनआवाजलाई मार्गदर्शनको रूपमा लिएको देखिँदैन । बरु सरकारले रेल ल्याउने, पानी जहाज ल्याउने, छिमेकी मुलकहरूसँग राम्रो सम्बन्ध भएको जस्ता कुराहरू सुनाउन छाडेको छैन ।
यस सन्दर्भमा यी दीर्घकालीन योजनाहरूको आप्mनै महŒव होला तथापि सरकारले तत्काल गर्नुपर्ने प्राथमिकतालाई बेवास्ता गरेको देखिन्छ । जनताहरूले बलात्कारी, हिंसा, हत्या, तस्करी, घुसखोरीलगायतका अपराधीलाई कडाभन्दा कडा सजाय दिने राज्य चाहेका छन् । देशलाई विधिको शासनमा हिँडाउन सक्ने सक्षम नेतृत्व चाहेका छन् । यी जनपक्षीय काम गर्न सरकार किन चुक्यो ? किन जनआवाजको सम्बोधन गर्न सकेन ?

 

दसैं र तिहारको मुखमा जताततै मूल्य बढेको छ । यातायातमा गरिएको मूल्यवृद्धिले हरेक सामानको मूल्यमा व्यापारीहरूको मनपरी छ । एउटै सामानको मूल्य पसलैपिच्छे फरक छ । सर्वसाधारणहरूको दैनिकी झन् कष्टकर बन्दै गएको छ

अब हाम्रो मुलुकमा राजनीतिक परिवर्तनको कुनै ठाउँ छैन । नेपाली जनताले संविधान सभाबाट संविधान निर्माण गर्न सात दशक संघर्ष गरे । राजनीतिक परिवर्तनका लागि त्याग, तपस्या र बलिदान गरे । मुलुकमा गणतन्त्र आएको छ । लोकतन्त्र आएको छ । जनतन्त्र आएको छ । यति सानो मुलुकमा ७६१ वटा सरकार बनेका छन् । परन्तु सर्वसाधारणको जीवनमा कुनै परिवर्तन आउन सकेको छैन । साँचो अर्थमा राजनीतिक परिवर्तनहरू आमनागरिकका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै भएका छन् । नागरिकले कुनै पनि क्षेत्रमा राहत महसुस गर्न पाएका छैनन् ।
लोकतन्त्रमा आधारित समाजवाद उन्मुख राजनीतिक प्रणालीमा आधारित समाज निर्माण गर्ने भनेर नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाइ जनमतसहित बनेको सरकारले जनताको मर्म बुभ्mन नसक्नु दुःखको कुरा हो । अहिले दसैं र तिहारको मुखमा जताततै मूल्य बढेको छ । यातायातमा गरिएको मूल्यवृद्घिले हरेक सामानको मूल्यमा व्यापारीको मनपरी छ । एउटै सामानको मूल्य पसलैपिच्छे फरक छ । सर्वसाधारणको दैनिकी झन् कष्टकर बन्दै गएको छ ।
बजार नियन्त्रण गर्ने राज्यका निकाय के गर्दै छन् ? बिचौलियाको बिगबिगी छ । सात महिनासम्म काठमाडांैका बाटाहरू जस्ताका त्यस्तै छन् । देशमा असुरक्षा, बलात्कार, हिंसा, हत्याहरू बढेका छन् । अपराधीहरू समाजमा लुकेर बसेका छन् । तर, दलका नेतागणहरू आपसी जुहारीमा व्यस्त छन् । एकले अर्कोलाई हिलो छ्याप्दै आप्mनो भूमिका बनाउने र दुनो सोभ्mयाउने काममा हरेक दलका नेताहरू लागेको देखिन्छ । यही हो त जनपक्षीय काम र क्रियाकलाप ? नागरिकहरूका दुःख पीडाहरू थपिँदै जाँदा राज्यलाई महसुस हुँदैन ?

प्रधानमन्त्रीले अब सरकार तीव्र गतिले देश विकासमा काम गर्छ भन्छन् । तर, राज्य भूपि शेरचनको कविता ‘घुम्ने मेचमाथि अन्धो मान्छे’जस्तो अवस्थामा देखिन्छ । देश विकास गर्ने भिजनका कुरा बेलाबेलामा आउने पनि गर्दछन् परन्तु कुनै पनि क्षेत्रमा राज्यको प्रभावकारी एक्सन भएको देखिँदैन । राष्ट्रिय ढुकुटीबाट जनताको धन राशि कुम्ल्याउने, दलगत राजनीति गर्ने, जनताको भावनालाई कुल्चने, राजनीतिलाई स्वार्थको खेल बनाउने र देशलाई बर्बाद पार्ने अवस्थाको अन्त्यका लागि नागरिकहरूले आन्दोलनका विभिन्न मोर्चाहरूमा भाग लिएका थिए । राजनीतिक व्यवस्था परिवर्तन गरेका थिए । चुनावमा लामो समयसम्म पंक्तिबद्घ भएर भोट हालेका थिए । तर, विडम्बना मतदाताहरू अहिले बल्ल खाइस् मंगले आप्mनै ढंगले भन्ने लोकोक्ति चरितार्थ हुने खतराले चिन्तित देखिन्छन् ।

खाने मुखलाई जुुगाले छेक्दैन भनेझैं देश विकास गर्ने इच्छाशक्ति, भिजन र मिसन भए अहिलेको निर्वाचित सरकारलाई कुनै पनि कुराले बाधा अवरोध गर्ने देखिँदैन । जनताको पक्षमा काम गरेमा प्रतिपक्ष त के देशद्रोहीसमेत पाखा लाग्ने थिए । राज्यसँग विकास निर्माणमा बाधा पार्ने विधि विधानलाई समेत संशोधन गर्न सक्ने जनमत छ । परन्तु ‘नाच्न जान्दैन आ“गन टेढो भनेझैं राज्यसँग विकास गर्ने ढंग नै नभएको नै हो त ? होइन भने राज्यले अपराधी, भ्रष्टाचारी, देशद्रोहीलाई कारबाही गर्दै जनपक्षमा किन काम गर्न सक्दैन ?
अन्त्यमा राज्यका तमाम चुनौती र समस्याको समाधान गर्दै देशलाई सुशासन र समृद्घिको मार्गमा अगाडि बढाउनका लागि राज्यले जिम्मेवार भई काम गर्नुपर्ने बेला आएको छ । यो सरकार विकास र समृद्घिको आधार बन्न सक्नुपर्दछ । सम्पूर्ण नेपालीको भाग्य र भविष्यको नायक बन्न सफल हुनुपर्दछ । सबैलाई चेतना भया ।

 

(Visited 1 times, 1 visits today)