बुधवार ४ पौष, २०७५ (Wednesday, 19th December 2018)
४ पौष, २०७५ (19 December 2018)

ओली–बादल दृष्टि

आर.सी न्यौपाने
2 months ago
11/10/2018

ओली–बादल दृष्टि

आर.सी न्यौपाने

 

नेपाल मानवको उत्पत्ति र सभ्यताको प्रादुर्भावको मूल केन्द्र रहिआएकाले यसको उषा कालदेखि नै स्वतन्त्र, स्वाभिमान, सार्वभौम राष्ट्रको रूपमा अविछिन्न अस्तित्वमा रहिआएको सर्वविदितै छ । यो देश, काल, परिस्थितिअनुसार आफ्नो सापेक्षतामा राजनीतिक परिचक्रमा गतिमान नै रहँदै आएको छ । तर, आजको यो घडीमा आइपुग्दा राष्ट्रिय राजनीति असरल्ल परेको अवस्थामा छ । निर्माण गरेर घोषणा गरिए पनि २०७२ को संविधान संशोधनको ढोका खुलै राखेर दोबाटो र दोसाँधमा सङक्रमणकालीन घुम्टोभित्र अझैं अल्मलिरहेको छ । नेपालको माटोमा पल्लवित राजनीतिको विगतको समीक्षा र त्रुटिहरूमा सिद्धान्तः समीक्षा जरुरी पनि छ । तर, समीक्षा गरेर अगाडि बढ्ने हाम्रो परम्परा रहेको पाइँदैन । कि त पूरै निषेध कि त पूरै स्वीकरण हाम्रा विरासत रहेका छन् ।

नेपालमा प्रजातन्त्रवादी तथा वामपन्थीहरूको इतिहास भिन्न छ । तथापि यी एक अर्काबाट भने प्रभावित पनि रहेका छन् । त्यसमा पनि अझ वाम इतिहास त टुटफुट र विभाजनवाट अक्रमण्यता रहँदै र अघि बढ्दै आएको इतिहास छ । यसरी अकर्मण्यतामा फसेको कम्युनिस्ट राजनीतिलाई एकताको सुत्रमा बाँधेर राष्ट्रिय राजनीतिको उचित दिशामा डो¥याउन प्रचण्ड नेतृत्वको एमाओवादी र बादलले नेतृत्व गरेको क्रान्तिकारी माओवादीबीच २०७३ जेठ ६ गते एकता पनि भयो । यसको मूल राजनीतिक उद्देश्य बृहत् शान्ति सम्झौताको उत्तर व्यवस्थापन थियो । पछि यो व्यवस्थापन राष्ट्रिय भावना र वाम ध्रुवीकरणको जगमा एमालेसँग एकता गरी एउटै कम्युनिस्ट केन्द्र निर्माण गरी वाम जनमतको उचित सम्बोधन र समृद्धिको अभियान पूरा गर्नु थियो ।

हाम्रो राष्ट्रिय मौलिक परम्परा मूल्य मान्यता, इतिहास सिद्धान्त, कला साहित्य संस्कृति राजनीति एवं ऐतिहासिकताको मूल्यबोध गर्दै सबै पक्षबीच राष्ट्रिय एकता निमार्णमा जोड दिनु सरकार एवं पार्टीको दायित्व हो । इतिहासलाई पन्छाएर वर्तमान मात्र खोज्नु युक्तिसंगत हुँदैन । नेपाल र नेपालीको भविष्य शान्त, समृद्ध र सुखी राख्न दीर्घकालीन प्रकृतिका मूर्त राष्ट्रिय ऐजेन्डा आत्मसात गरी अघि बढ्न जरुरी छ । यसका लागि सम्बद्ध सबै पक्ष उक्तिकै जिम्मेवार र जवाफदेही हुनु जरुरी छ । देश र जनताको पक्षमा दृढ संकल्पित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारप्रति भिन्न मत राख्ने र यसलाई अस्वीकार गर्नेहरूबाट बेलैमा सचेत हुनुपर्छ ।

 

मुलुकलाई सही दिशाबोध गर्ने जिम्मा र हैसियत वैचारिक रुपले नेपाल कम्युनिस्ट पार्टी नेकपास“ग र कार्यान्वयनको दृष्टिले सरकारस“ग छ । कार्यान्वयनमा केपी–बादलको नेतृत्व मुलुककै आशाको किरण हो

 

 

नेपाली जीवन र जगतको बोधसहित देशको उन्नति र प्रगतिमा वर्तमान सरकार समर्पित हुनुपर्छ । यसअनुरूप एकता प्रक्रिया पूर्वाद्धदेखि नै हामीले निरन्तर रूपमा नेपाली कम्युनिस्ट आन्दोलनलाई स्पष्ट दिशाबोध गर्दै पनि आएका छौं । समाजवाद निर्माणका पूर्वाधारहरू सैद्धान्तिक र संगठनात्मक दुवै कोणवाट मजबुत गराउने ध्येयमा लाग्नैपर्छ । बहुदलीय जनवादको मार्गमा गतिमान एमाले नेतृत्व ओली र जनयुद्धमा होमिएको माओवादी नेतृत्व प्रचण्ड–बादल पंक्ति एक अर्काको अन्तःस्करणमा बास गर्न सक्नुको परिणाम नै हाल भएको एकता हो । यो भावभूमिमा निर्मित जगमा २०७३ असोज १७ गते एमाले र माओवादी केन्द्र्बीच वामगठबन्धन निर्माण र चुनावी सहकार्य सम्भव भएको हो ।

यसले अपनाएका सैद्धान्तिक र व्यावहारिक दृष्टिकोणको परिणाम मधेस केन्द्रीय गैरवामपन्थी शक्तिलाई पनि वाम गठबन्धनसँगको सहकार्यमा आउने परिस्थिति निर्माणलाई लिनुपर्छ । यसका परिणम संघ र प्रदेश निर्वाचनमा वाम गठबन्धनको सानदार विजय सम्भव भयो । यसै निर्वाचनको परिणाम आमजनताको ऐतिहासिक केन्द्रीकरणको भावनामा उभिएर माओवादी केन्द्र र एमालेबीच २०७५ जेठ ३ गते १३ बुँदे समझदारीसहित बृहत् एकता सम्पन्न भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माणको युगीन कार्यभर पूरा हुन सकेको हो र नेकपा नेतृत्वको बहुमतको सरकार निर्माण सम्भव भएको हो । यसैको जगमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा कम्युनिस्ट सरकार गठन हुन पुगी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका अहं सवालहरूको मूर्त सम्बोधनका आधार निर्माण हुन पुगेका छन् ।

 

केपी शर्मा ओली प्रधानमन्त्रीको रूपमा र रामबहादुर थापा बादल गृहमन्त्रीको रूपमा राष्ट्रिय आवश्यकता र परिस्थितिले सिर्जना गरेको जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्छ । उहा“हरूले इमानदारिता साथ निर्वाह गरिरहेको भूमिकाप्रति आमजनता पूर्ण विश्वस्त एवं गौरवान्वित छन्

 

यतिखेर ओली सरकारले राष्ट्रिय स्वार्थमा आधारित एजेन्डाहरूको आत्मसातीकरण र चीन भारतबीच समानतामा आधारित सम्बन्ध निर्माणमा सैद्धान्तिक कार्य आरम्भ गर्न पुगेबाट अतालिन पुगेको साम्राज्यवादी शक्ति पार्टी र सरकारविरुद्ध मोर्चाबन्दीका साथ उभिन पुगेको छ । यस मोर्चाबन्दीमा साम्राज्यवाद तथा एकाधिकार दलाल पुँजीवादका छद्म शक्ति समूह पनि पार्टी र सरकारविरुद्ध उभिन पुगेको पछिल्ला घटनाक्रमबाट पुष्टि भएको छ । हामी प्रस्ट रूपमा उद्घोष गर्न सक्छौं कि मुलुकको हितविरुद्ध जुनसुकै ब्यानरमा उभिनेहरू अन्तः पराजयका पात्र हुनेछन् । नेकपाको स्पष्ट अडान र दायित्वबोधको निर्वाह भनेको कानुनी शासनको सर्वोच्चतालाई केन्द्रमा राखेर राष्ट्रिय र सामाजिक सरोकारका मुद्दाहरूलाई जनस्तरबाटै सैद्धान्तिक र व्यावहारिक रूपमा स्थापित गर्दै अगाडि बढाउनु हो । यसमा कुनै पनि प्रकारको सम्झौता हुन सक्दैन ।

पार्टी संगठन, नेतृत्व, कार्यकर्ताकाप्रतिको क्षमता पूर्ववर्ती अवस्थामा भन्दा अझ गोलबन्द तरिकाले सशक्त रूपमा अगाडि बढ्नेमा कुनै शंका छैन । पार्टी र सरकारलाई सशक्त रूपमा अघि बढाई समयानुकुल आवश्यकता निर्णय लिन अध्यक्ष केपी शर्मा ओली, प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादल पछि नपर्ने बेहोराबाट सबै बेलैमा अवगत हुन उचित हुन्छ । हामीले व्यक्तिगत व्यवस्थापनका बारेमा हिजो पनि महŒव दिएका थिएनौं, आज पनि र भोलि पनि दिनेछैनौं । यो साझा सरोकारको विषय हो । यद्यपि केपी शर्मा ओली प्रधानमन्त्रीको रूपमा र रामबहादुर थापा बादल गृहमन्त्रीको रूपमा राष्ट्रिय आवश्यकता र परिस्थितिले सिर्जना गरेको जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्छ । उहाँहरूले इमानदारिता साथ निर्वाह गरिरहेको भूमिकाप्रति आमजनता पूर्ण विश्वस्त एवं गौरवान्वित छन् । अनेकौं प्रतिकूलताहरू चिर्दै सम्पन्न भएको पार्टी एकता र नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सरकारको कार्यसम्पादन वस्तुगत परिस्थितिको ठोेस विश्लेषणका साथ सफल छ । पार्टी र सरकारविरुद्ध भित्रबाहिर खिचडी पकाउन लागेकाले बुझे हुन्छ । सरकार आफ्नो लक्ष्य एवं गन्तव्यमा पुग्ने अठोटबाट किमार्थ विचलित हुनेछैन ।

जनतामा निहीत राजकीय सत्ता र सार्वभौमसत्तालाई संस्थागत गर्न कुनै कसर बाँकी राख्नुहुँदैन । मानव सभ्यताको उद्भव भूमी, सगरमाथाको देश नेपाल अभाव र कमजोरीबाट टाढै रहनुपर्छ । समृद्ध राष्ट्र निर्माणको अभियानमा अवरोध सिर्जना गर्न खोज्ने विरोधीको कुतर्क एवं बकवासविरुद्ध जनतासँग एकाकार भई राष्ट्रधर्म निर्वाहमा सरकार जिम्मेवार बनोस् । मातृभूमिको रक्षा गर्दै सर्वांगीण विकासको कार्यभार पूरा गर्न प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादल जनताप्रति समर्पण, सद्भाव, जवाफदेही र जिम्मेवारीबोधका साथ दृढ संकल्पित बनी सत्ताको बागडोर हाँकून् । यो वस्तुगत आवश्यकता हो । दिगो दरिलो नेतृत्व केपी÷प्रचण्ड÷वामदेव÷बादल÷झलनाथ÷माधवको साथमा संयोजनकारी भूमिकामा आफूलाई खुला रूपले सक्षम साबित गर्नुभएका महासचिव विष्णु पौडेलको भूमिका भरोसायोग्य छ । मुलुकलाई सही दिशाबोध गर्ने जिम्मा र हैसियत वैचारिक रूपले नेपाल कम्युनिस्ट पार्टी नेकपासँग र कार्यान्वयनको दृष्टिले सरकारसँग छ । कार्यान्वयनमा केपी–बादलको नेतृत्व मुलुककै आशाको किरण हो ।

यसको महŒव उहाँहरूले वुझ्न सके स्वर्णीम इतिहासको रेखा कोरिन सक्दछ । तर, उदासीनतामा मात्र दिन कटाउन उद्दत भए सबै चिज गुम्न पनि नसक्ला भन्न सकिँदैन । जनताको ऐतिहासिक समर्थन र विश्वास नेतृत्वको भुलभुलैयाबाट किमार्थ निस्तेज हुनुहँुदैन । चीनका दक्षिण एसिया मामला विज्ञ प्रध्यापक डा. हु सी सङ को भन्नुहुन्छ, ‘नेपाल स्वयंमा सुनको कचौरा हो र यसले आफ्नो यस हैसियतको ख्याल नराखी माग्नै नहुने ठाउँमा भिक्षाको हात फैलाउनु साह्रै दुःखलाग्दो विषय हो हामीलाई थाहा छ नेपाल सानो प्रयत्नबाटै ठूलो उपलब्धि लिन सक्छ र छिमेकी चीन सबल आत्मनिर्भर नेपालको पक्षमा छ ।’

 

 

(Visited 2 times, 1 visits today)