मंगलवार १० आषाढ, २०७६ (Tuesday, 25th June 2019)
१० आषाढ, २०७६ (25 June 2019)

एपीएफ सेमिफाइनलमा

9 months ago
11/10/2018

 

राजधानी समाचारदाता/बाग्लुङ।

उपाधिको दावेदर विभागीय नेपाल एपिएफ क्लब एक खेल अगावै बाग्लुङमा जारी २२औं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्र्तगत बुधबार भएको समूह ‘ए’ को आफ्नो तेस्रो खेलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै एपिएफले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । एपिएफले बिहिबार गन्डकी प्रदेशसँग खेल्दैछ । यो खेलमा जित हात पारे एपिएफ समूह विजेताको रुपमा अघि बढ्नेछ ।

गन्डकी प्रदेशको बाग्लुङ जिल्लाको गल्कोट नगरपालिकामा बुधबार भएको रोमाञ्चक खेलमा एपिएफले आर्मीमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको छ । बलियो एपिएफले आर्मीविरुद्धको पहिलो सेट १८–२५ ले गुमाएको थियो । त्यसपछिको दुवै सेट सहजै २५–१८ र २५–१९ ले आफ्नो पक्षमा पारेको एपिएफले रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको चौथो सेट २४–२६ ले गुमाएपछि खेल पाँचौ सेटमा लम्विएको थियो । तर, निर्णायक सेटमा एपिएफ चुकेन । उसले पाँचौ सेट १५–१२ ले आफ्नो पक्षमा पार्दै ३–२ को संघर्षपूर्ण जित निकाल्न सफल भयो ।

समूह ‘ए’ मै गन्डकी प्रदेशले गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २५–३, २५–१२ र २५–७ ले पराजित गरेको छ । यस्तै सुदुरपश्चिम प्रदेशले पनि कर्णाली प्रदेशलाई ३–० कै सोझो सेटमा पराजित गर्न सफल भयो । सुदुरपश्चिमले कर्णालीविरुद्ध २५–१२, २५–२१ र २५–१० को सहज जित निकाल्यो ।

बुधबार नै भएको समुह ‘बी’ तर्फको समुह चरणको खेलमा प्रदेश नम्बर ५ ले दोहोरो जित दर्ता गर्दा ३ नम्बर प्रदेशले पनि एक जित हात पारेको छ । प्रदेश नम्बर ५ ले प्रदेश नम्बर २ लाई २५–११, २५–३ र २५–६ को सोझो सेटमा तथा प्रदेश नम्बर ३ लाई २५–१६, २५–१६ र २५–१६ ले नै पराजित गर्दै दोहोरो जित निकाल्यो । यसअघि ३ नम्बर प्रदेशले २ नम्बर प्रदेशलाई २५–६, २५–१३ र २५–१२ को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको थियो ।

तीन विभागीय टिम र ६ प्रदेशले सहभागिता जनाएको प्रतियोगितामा बिहीबार समुह ‘ए’ तर्फ सुदुरपश्चिम प्रदेश विरुद्ध त्रिभुवन आर्मी क्लब, एपीएफ विरुद्ध गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश विरुद्ध गण्डकी प्रदेश र कर्णाली प्रदेश विरुद्ध त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’ तर्फ प्रदेश नम्बर ३ विरुद्ध नेपाल पुलिस क्लब र प्रदेश नम्बर २ विरुद्ध नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । प्रतियोगिता २७ असोजसम्म सञ्चालन हुनेछ ।  नेपाल भलिबल संघको आयोजना, जिल्ला भलिबल संघ बागलुङको व्यवस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा संचालन भईरहेको यो प्रतियोगिताबाट राष्ट्रिय टोलीका १८ खेलाडी र ६ वैकल्पिक गरी २४ खेलाडी छनोट गरिने बताइएको छ ।

प्रतियोगिताको विजेताले ५० रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुने टोलीले २० हजार रुपैया प्राप् गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, सर्भर, लिबेरो, सेटर र ब्लकरलाई समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको उद्घाटन गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गरेका थिए ।

(Visited 16 times, 1 visits today)
Loading comments...