सोमवार ५ कार्तिक, २०७५ (Monday, 22nd October 2018)
५ कार्तिक, २०७५ (22 October 2018)

रंगशाला विमोचन

2 weeks ago
11/10/2018

 

 

काठमाडौं÷रास– नेपाली खेलकुदको विकास र प्रवर्धनलाई मध्यनजर गर्दै प्रकाशित रंगशाला साप्ताहिकको बुधबार विमोचन गरिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)मा एक कार्यक्रमका बीच प्रमुख अतिथी राखेपका सदस्यसचिव केशवकुमार विष्ट, मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, सदस्य गंगाबहादुर थापामगर, ओलम्पियन जितबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, जुडोका संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, रंगशाला खेल साप्ताहिकका अध्यक्ष यमकुमारी गुरुङ, प्रकाशक निरा अधिकारी र सम्पादक सानु गुरुङ लगायतले विमोचन गरेका थिए ।

पत्रिकाकाको विमोचन गर्दै सदस्यसचिव विष्टले नेपाली खेलकुदमा विशुद्ध खेल पत्रिकाको आवश्यकता महसुस भएको समय रंगशाला साप्ताहिक प्रकाशनमा आएको बताउदै यसले समग्र खेलकुदको विकास र विस्तारका लागि योगदान पु¥याउन सकोस् भन्ने शुभकामन व्यक्त गरे । ८ पृष्ठको साप्ताहिक पत्रिका गत ३ असोजदेखि प्रकासनमा आएको थियो ।