बुधवार ४ पौष, २०७५ (Wednesday, 19th December 2018)
४ पौष, २०७५ (19 December 2018)

नेपाल क्षेत्रीयमा छनोट

राजधानी समाचारदाता
2 months ago
11/10/2018

 

राजधानी समाचारदाता/काठमाडौं।

नेपाल सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी विश्व टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको लागि एसिया छनोटको क्षेत्रीय छनोटमा छनोट हुन सफल भएको छ । आइसीसी टी–२० विश्वकप छनोट एसिया ‘बी’ अन्तर्गतको पाँचौं खेलमा चीनलाई १० विकेटले पराजित गरेसँगै नेपाल एसिया छनोटको पुर्वी क्षेत्राट छनोट हुन सफल भएको हो ।

एसिया छनोटको पश्चिम क्षेत्रबाट युएई, कतार र कुवेत छनोट भैसकेका छन् । क्षेत्रिय छनोट प्रतियोगिताबाट विजेता र उप विजेता टोली ग्लोबल छनोट प्रतियोगिताको लागि टिकट पाउनेछन् । ग्लोबल छनोट अर्थात विश्वकप छनोटमा विभिन्न क्षेत्रबाट आएका १४ टोली रहनेछन् । यी १४ देश मध्ये शीर्ष ६ मा स्थानमा बनाउने टोलीले अष्ट्रेलियामा टि ट्वान्टी विश्व कप खेल्नेछन् ।

बायुमास ओभलमा चीनले दिएको २७ रनको झिनो लक्ष्य नेपालले १ ओभर ५ बलमा विना विकेट पूरा ग¥यो । नेपालको लागि ओपनर विनोद भण्डारीले आक्रामक ब्याटिङ गरेपछि नेपालले पहिलो ओभरमा नै २१ रन जोडेको थियो । दोस्रो ओभरमा बाँकी ६ रन जोड्दै नेपालले चीनमाथि १० विकेटको फराकिलो जित निकाल्न सफल भयो । विनोद भण्डारीले ८ बलमा ३ चौका र १ छक्कासहित २४ रन जोडे । प्रदिप ऐरी ४ रनमा नटआउट रहे ।

यसअघि बुधबार टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको चीनले १३ ओभरमा अलआउट हुनुअघि २६ रन जोडेको थियो । चीनका लागि ओपनर होङ यानले सर्वाधिक ११ रन जोडे । डेन्जि माले ५ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । चीनका ८ ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन् । चीनले ९ रन अतिरिक्त पाएको थियो । कमजोर चीनको इनिङ्स ध्वस्त पार्ने क्रममा नेपालका लागि ललित नारायण राजवंशी, सन्दीप लामिछाने र वसन्त रेग्मीले समान ३–३ विकेट लिए । चीनविरुद्ध ३ विकेट लिएसँगै सन्दीपले पाँच खेलबाट २० विकेट लिन सफल भएका छन् ।

नेपालले लगातार पाँचौ जित दर्ता गर्दै १० अंक जोडेर नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा सिंगापुर रहँदा ७ अंकसहित थाइल्यान्ड तेस्रो स्थानमा रहेके छ । शुक्रबार हुने खेलमा सिंगापुरलाई पराजित गरे नेपाल समूहको विजेताको रुपमा एसिया छनोटको क्षेत्रीय छनोटमा छनोट हुनेछ ।

(Visited 1 times, 1 visits today)