बुधवार ७ कार्तिक, २०७५ (Wednesday, 24th October 2018)
७ कार्तिक, २०७५ (24 October 2018)

शिवरामको आरामदायी अग्रता

2 weeks ago
11/10/2018

राजधानी समाचारदाता/काठमाडौं।

नेपाल नम्व एक गल्फर शिवराम श्रेष्ठले सुर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगितामा आरामदायी अग्रता बनाएको छन् ।

गोकर्ण गल्फ क्लबमा बुधबार पार–७२ को खेल सकिदा शिवरामले ३ अण्डर ६९ स्कोर गर्दै कुल १२ अन्डर २०४ स्कोरसहित आरामदायी अग्रता बनाएका हुन् । शिवरामलाई पछ्याइरहेको भुवन नगरकोटी इभन पार– ७२ स्कोर गरेका भुवन नगरकोटी २ अण्डर २१४ स्कोरसहित दोस्रो स्थानमा रहेका छन् ।  एमेच्योर खेलाडी टासी छिरिङ इभन पार–२१६ स्कोरसहित समग्रमा तेस्रो स्थानमा छन् ।

एमेच्योरतर्फ टासीले बुधबार २ ओभर ७४ स्कोर गरे । उनले आफ्नै भाई वाङचेन दन्डुपलाई ५ स्ट्रोकले पछि परेका छन् । वाङचेन पाँचौ स्थानमा रहँदा धन थापा २ ओभर २१८ स्कोरसहित चौथो स्थानमा रहेको छ । धनले बुधबार ३ ओभर ७५ स्कोर गरे । पाँचौ स्थानमा रहेका वाङचेनले बुधबार ४ ओभर ७६ स्कोर गरे । उनले ५ ओभर २२१ स्कोर गरेका छन् । एमेच्योर विनोद तामाङ छैटौं, रवि खड्का सातौ, चुण बहादुर भन्डारी आठौं सुनिल केसी नवौं र रामे मगर दशौं स्थानमा रहेका छन् ।

शिवरामले बुधबार पहिलो हाफ सकिनुअघि दोस्रो, तेस्रो र छैटौ होलमा बर्डिसहित ३ अन्डर ३३ स्कोर गरे । दोस्रो हाफमा शिवरामले इभन पार ३६ स्कोर गर्न सफल भए । दोस्रो स्थानमा रहेका भुवनले समग्रमा इभन पार–३६ स्कोर गरे । उनले पहिलो हाफको तेस्रो र पाँचौ होलमा बर्डिसहित स्कोर गरेका थिए ।

प्रतियोगितामा कुल ३१ प्रोफेसनल र ११ एमेचोर गल्फरले प्रतिस्पर्धा गरिरहेका छन् । २२ व्यवसायिक र ९ गल्फरले बिहिबार ३६ होलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले १ लाख २० हजार, दोस्रोले ७७ हजार र तेस्रोले ५५ हजार पाउनेछन् ।  शीर्ष २१ मा रहनेले पनि नगद प्राप्त गर्नेछ ।